images
images

आइतवार, जेठ ६ गते २०८१

पूर्वमन्त्री गुल्जारीको दावी–मैले ६ महिनाअघि भनेको थिए, जसपा फुट्छ

पूर्वमन्त्री गुल्जारीको दावी–मैले ६ महिनाअघि भनेको थिए, जसपा फुट्छ

खबर पात्रो
आइतवार, बैशाख २३ २०८१
खबर पात्रो
आइतवार, बैशाख २३ २०८१ (अर्काइभ बाट)
  • पूर्वमन्त्री गुल्जारीको दावी–मैले ६ महिनाअघि भनेको थिए, जसपा फुट्छ

    भैरहवा, २३ वैशाख ।
    पूर्व कृषिराज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले जनता समाजवादी पार्टी, नेपाल (जसपा) फुट्छ भन्ने कुरा आफूले ६ महिना अगाडि नै भनेको दावी गरेका छन् । 

    images

    सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री यादवले लेखेका छन्, ‘मैले ६ महिना अगाडि जसपाका साथीहरुलाई भनेको थिएँ जसपा फुट्छ फोरमका पुरानो साथीहरूमाथि उपेन्द्र यादवज्यूले खासै विश्वास र महत्व दिनुभएन । त्यसैको परिणाम जैसी करनी वैसी भरनी ।’

    हाल गुल्जारी राजेन्द्र महतोको नेतृत्वमा बनेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा छन् । २०७९ साल मंसिरमा सम्पन्न निर्वाचनमा गुल्जारी जसपाकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । 

    उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा अध्यक्ष उपेन्द्र यादव अमेरिकामै भएको बेला आइतबार जसपा, नेपाल विभाजित बनेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजित बनेको हो ।

     

    साताको लोकप्रीय

    Copyright © All right reserved to khabarpatro Site By: sobij