images
images

शनिवार, जेठ ५ गते २०८१

एलएसडीटीमा गठन भयो बालमंच, बालबालिकाले अवसर पाउने

एलएसडीटीमा गठन भयो बालमंच, बालबालिकाले अवसर पाउने

images
images
images
शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • एलएसडीटीमा गठन भयो बालमंच, बालबालिकाले अवसर पाउने

    भैरहवा, २२ वैशाख ।
    रुपन्देहीको भैरहवामा सञ्चालित लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) मा शनिबार बाल मंच गठन भएको छ । एलएसडीटीको ११२ औं श्रृंखलाको अवसरमा बाल मंचको गठन गरिएको हो । आफ्ना सदस्यहरुको परिवारका बालबालिकाहरुका क्षमता अभिवृद्धि गराउने उद्देश्यले स्थापना भएको बालमंचले बालबालिका केन्द्रित विभिन्न कार्यक्रम गर्ने एलएसडीटीले जनाएको छ ।

    images
    images
    images

    बालबालिकामा स्थिर स्वभावको विकास साथै स्मरणशक्ति वृद्धि गराउनका  निम्ति विभिन्न ध्यान साधनाको अभ्यास गराइने र अन्य अतिरिक्त क्रियाकलापको आयोजना गरिने बालमंचका अध्यक्ष प्रवल पन्तले बताए । ८ वर्षिय प्रवल तिलोत्तमास्थित लुम्बिनी वल्र्ड स्कूलमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी हुन् ।

    एलएसडीटी  बालमंचमा न्यू मुन एकेडमी कक्षा ५ मा अध्ययनरत ११ वर्षिय गरिमा भण्डारी, लुम्बिनी वल्र्ड स्कूल कक्षा ८ मा अध्यनरत विद्यार्थी सवल पन्त, अमरज्योति बोर्डिंग स्कूल कक्षा ४ मा अध्यनरत शिवांश भट्टराई र काशी नोबेल एकेडमी कक्षा ५ मा अध्यनरत ११ वर्षिय विधान विजय पाण्डे रह्रेका छन् ।

    एलएसडीटीका सदस्यहरुका बालबालिकाहरु यो बालमंचमा जोड्दै बालमंचको विस्तार गरिने ११२ औं तालिम श्रृंखलाका अध्यक्ष प्रशान्त ज्ञवालीले बताए । 

    बालमंचले आयोजना कार्यक्रममा बालबालिकाले आफूभित्र रहेको प्रतिभालाई प्रस्तुत गर्ने अवसर पाउने लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङका संस्थापक तथा प्रस्तोता विजय पाण्डेले जानकारी दिए । पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित हुनुका साथै लुम्बिनी विपश्यना ध्यान केन्द्र धम्म जननीका ट्रष्टी पनि रहेका छन् ।

    लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) प्रत्येक हप्ताको शनिबार भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालन हुँदै आएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij