आइतवार , कार्तिक २२, २०८३
भैरहवा, २२ कार्तिक । रुपन्देहीमा प्रहरीले लागूऔषध (ब्राउनसुगर) सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज, जगरनाथपुरका ४० वर्षीय रमायन प्रसाद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवाबाट उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रमायनको साथबाट २५ ग्राम ४५० मिलीग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
पक्राउ परेका रमायनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसूरमा रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
