२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि संकल्प प्रस्ताव पास गर्छौं : मन्त्री ढकाल

शनिवार , जेठ ५, २०८१

  • 880
    Shares
  • 880
    Shares
  • भैरहवा, ५ जेठ ।
    लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका निम्ति प्रदेश सरकारकोतर्फबाट अनेकौ पहलदकमी भएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय हवाई सेवालाई सुचारु गर्नको निम्ति प्रधानमन्त्रीसँग डेलिगेशन जाने, विभिन्न राजनीतिक पार्टीहरुको नेतृत्वसँग छलफल गर्ने र झकझकाउने कार्य गरिरहेको बताए ।

    शनिबार भैरहवामा गुल्मेली सम्पर्क समाज, रुपन्देही सिद्धार्थनगर शाखाको पाँचौ अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री ढकालले भने, ‘पहल गर्ने कुरा भोलि पनि निरन्तर रुपमा गरिरहनेछौ । यद्यपि यहाँको विभिन्न संघ–संस्थाहरु, समाजसेवीहरु अभियानमा लागिरहनुभएको छ ।’

    अब छिट्टै नै यो विमानस्थल सुचारु गर्ने कुरामा लुम्बिनी प्रदेश सभा र मन्त्रीपरिषदको बैठकबाट  एउटा संकल्प प्रस्तावको पास गर्दै अगाडि बढ्ने उनले बताए । मन्त्री ढकालले नेपाल सरकार विमानस्थल सञ्चालन गर्ने कुरामा तुरुन्त लाग्नुपर्नै भन्दै संकल्प प्रस्ताव पास गर्ने योजनाका साथ प्रदेश सरकार अगाडि बढेको बताए ।

    उनले भने, ‘यहाँका विभिन्न संघ–संस्थाहरु, सामाजिक व्यक्तित्वहरु, निजी क्षेत्र यो अभियानमा लाग्नुभएको छ । प्रदेश सरकार तपाईहरुको साथमा छ । तपाईहरुमा साथमा रहेर अघि बढ्न चाहन्छौं ।’

    मन्त्री ढकालले गुल्मीको रिडीलाई ‘हरिद्वार’ को रुपमा परिकल्पना गरेर त्यसको विकास र विस्तारका काममा अगाडि बढिरहेको बताए । उनले भने, ‘जसरी आज हरेक हिन्दू धर्मावलम्बीहरुको निम्ति हरिद्वार एउटा महत्वपूर्ण तीर्थस्थलका रुपमा हेर्ने गरिन्छ । त्यसरी नै हाम्रो हरिद्वार हाम्रो रिडीमा देख्न सक्ने गरी त्यो ढंगले परिकल्पना गर्ने गरी प्रदेश सरकार अगाडि बढेको छ ।’

    उनले धेरै काम गर्न बाँकी रहेको र प्रदेश सरकारले अहिले थालिएका कामहरुलाई निरन्तरता दिदै अझै थप गर्नुपर्ने कार्यलाई अगाडि बढाउने बताए । 
    उनले जहाँ बसे पनि जन्म ठाउँ र जन्म घरलाई कहिल्यै भुल्न नहुने बताए । राजनीतिक क्षेत्रको करिबकरिब सबै ठाउँको अग्रभागमा गुल्मीको नेतृत्वलाई हेर्न पाइएको उनले बताए । 

    राजनीतिक, साँस्कृतिक, निजामती सेवा, निजी क्षेत्र, कृषिलगायत विभिन्न क्षेत्रमा गुल्मीलाई अग्रस्थानमा पाउन सकिने मन्त्री ढकालले भनाइ थियो । उनले भने, ‘नेपाल सरकारका विभिन्न ओहादामा गुल्मीबासी धेरै हुनुहुन्छ । हामीले आफूलाई गर्वको महसुस गर्ने स्थिति बनेको छ । गुल्मेलीहरुले त्यो गुल्मीको मायालाई कहिल्यै नभुल्नुहोला । यहाँ बसेर पनि हामीले गुल्मीको विकासमा सहयोग गर्न जरुरी छ । गुल्मीको संस्कृति संरक्षण गर्न जरुरी छ । गुल्मीलाई अझै माथि चिनाउने काममा हाम्रो भूमिका महत्वपूर्ण छ ।’

    IMG_9756.JPG

    गुल्मेली सम्पर्क समाज, रुपन्देही सिद्धार्थनगर शाखाका अध्यक्ष केशवराज ज्ञवालीले समाजले गुल्मेलीलाई जोड्ने कार्य गरिरहेको बताए । उनले समाजले गर्दै आएका विभिन्न कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

    कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीका अध्यक्ष यदुनाथ पाण्डे, श्रृंगेश्वर धाम तिलोत्तमाका कार्यबाहक अध्यक्ष नेत्र प्रसाद ज्ञवाली, गुल्मेली सम्पर्क समाज, रुपन्देही सिद्धार्थनगर शाखाका सल्लाहकार डिल्लीराज भट्टराई, समाजसेवी हितराज पन्थी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, अर्घाखाँची रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, स्याङजा रुपन्देही सम्पर्क समाजका अध्यक्ष एवं सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीलगायतले भनाइ राखेका थिए ।

    गुल्मेली सम्पर्क समाज, रुपन्देही सिद्धार्थनगर शाखाका प्रथम उपाध्यक्ष तारापति भण्डारीको स्वागत तथा सचिव शालिकराम पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा ज्येष्ठ नागरिक, डाक्टर, इञ्जिनियर, समाजका सल्लाहकारलगायतलाई सम्मान गरिएको थियो ।