images

शनिवार, बैशाख १५ गते २०८१

भैरहवाको सिद्धार्थ भिलासालाई पाँचतारे होटलको मान्यता

भैरहवाको सिद्धार्थ भिलासालाई पाँचतारे होटलको मान्यता

images
images
images
शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • भैरहवाको सिद्धार्थ भिलासालाई पाँचतारे होटलको मान्यता

    भैरहवा, १६ चैत ।
    सिद्धार्थ हस्पिटालिटी ग्रुपले  सञ्चालनमा ल्याएको भैरहवाको सिद्धार्थ भिलासाले पाँचतारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।

    images

    पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँचतारे स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ ।

    करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र  ७७ एक्जुकेटिभ डिलक्स गरी ८५ वटा रुम रहेका छन्  ।

    होटलमा साना-ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल र पाँचवटै रेष्टुरेण्ट आउटलेट रहेका छन् । होटलमा १ हजार ५ सय जना क्षमताको ब्यांकवेट हल रहेको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले बताए ।

    स्थापनाको छोटो समयमै डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरी त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरुबीच लोकप्रिय भइरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए ।  

    होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुविधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन पश्चात झण्डै ५ सय जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए ।

    नेपालकै उत्कृष्ट क्यासिनो सञ्चालन गर्न सकिने गरी क्यासिनोको लागी संरचना समेत निर्माण भइसकेको छ ।
    त्यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।

    सिद्धार्थ ग्रुपको आगामी योजना 

    सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ ।

    आगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटीमा ब्यांकवेटसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याउने योजना छ ।

    त्यस्तै आगामी वर्षभित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारेमा स्तरउन्नति गर्ने योजनाअनुरुप काम भइरहेको न्यौपानेले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij