२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

शुक्रवार , चैत्र ३०, २०८०

  • 9.4K
    Shares
  • 9.4K
    Shares
  • भैरहवा, ३० चैत ।
    रुपन्देहीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बिहीबार राति ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा प्र.२–०३–००१ ख ५१२२ नम्बरको ट्रकले लु १३ प २८७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

    दुर्घटनामा परी मोटरसाइकल चालक देवदह नगरपालिका वडा नम्बर १२ शंकरपुरका २७ वर्षीय राजेश यादवको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका यादवको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।