images

शनिवार, बैशाख १५ गते २०८१

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा साढे १७ लाखको अवैध सामान बरामद

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा साढे १७ लाखको अवैध सामान बरामद

images
images
images
बुधवार, चैत्र १४ २०८०
बुधवार, चैत्र १४ २०८०
  • रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा साढे १७ लाखको अवैध सामान बरामद

    भैरहवा, १४ चैत ।
    सशस्त्र प्रहरीले रुपन्देहीमा साढे १७ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले बुधबार बिहान साढे ९ बजे अवैध सामान बरामद गरेको हो ।

    images

    सियारी गाउँपालिका वडा नम्बर ७ स्थित कनरीबाट विशेष सूचनाको आधारमा जिल्लाको विभिन्न क्षेत्रबाट भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु. १७ लाख ५४ हजार २ सय नब्बे बराबरको सामान टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन थापाले जानकारी दिए ।

    कस्मेटिक सामान, चप्पल र सामान ढुवानीमा प्रयोग भएको लु १ ज ३५१० नम्बरको छोटा हात्ती गाडी बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी न्यौपानेले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij