images

शुक्रवार, बैशाख २१ गते २०८१

भैरहवामा नगर स्तरीय मेयर केप क्रिकेट प्रतियोगिता हुँदै

भैरहवामा नगर स्तरीय मेयर केप क्रिकेट प्रतियोगिता हुँदै

खबर पात्रो
शनिवार, बैशाख ८ २०८१
खबर पात्रो
शनिवार, बैशाख ८ २०८१ (अर्काइभ बाट)
  • भैरहवामा नगर स्तरीय मेयर केप क्रिकेट प्रतियोगिता हुँदै

    भैरहवा, ८ वैशाख ।

    images

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सिद्धार्थनगर (भैरहवा) मा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा वैशाख १२ देखि १४ गते (तीनदिन) सम्म प्रतियोगिता सञ्चालन हुने सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला)ले बताए । प्रतियोगितामा १३ वटै वडाबाट १/१ समूह (टीम) को सहभागीता रहने उनले जानकारी दिए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष समेत रहेका नगर प्रवक्ता यादवले प्रतियोगिताको विजेता टीमलाई नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टीमलाई नगद रु. २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको तयारी भइरहेको उनले बताए । खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न र खेलाडी उत्पादन गर्न यो प्रतियोगिताले मद्दत पुर्याउने उनले विश्वास व्यक्त गरे ।

    सिद्धार्थनगर नगरपालिका स्थायी ठेगाना भएका खेलाडीहरुको समूह दर्ताका लागि वैशाख १० गते सोमबारभित्र सम्बन्धित वडा कार्यालयको सिफारिससहित नगरपालिका कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले वैशाख ४ गते सूचना जारी गरेको छ । समूह दर्ताका लागि कुनै शुल्क नलाग्ने सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत विवेक खनालले जानकारी दिए । उनले भने, ‘प्रत्येक वडाबाट १/१ समूह रहनेछ र हरेक समूहमा १४ जना खेलाडी र १÷१ जना टीम कोच र टीम म्याजेर रहनेछन् । खेलाडीहरुले अनिवार्य नागरिकता, जन्मदर्ता वा बसाईसराई पेश गर्नुपर्नेछ ।’

    साताको लोकप्रीय

    Copyright © All right reserved to khabarpatro Site By: sobij