२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

आगलागी प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्दै रोहिणी गाउँपालिका

आइतवार , बैशाख ९, २०८१

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, ९ वैशाख ।
    वैशाख ८ गते शनिबार (हिजो) रुपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएपछि गाउँपालिकाले आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले आइतबार बिहान रोहिणी–६ स्थित पर्साबाट राहत वितरण कार्य सुरु गरेको हो ।
    गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगलागीबाट प्रभावित घरपरिवारलाई तत्काल राहत वितरण सुरु गरिएको बताए ।

    उनले भने,‘एकैपटक धेरै स्थानमा आगलागी हुँदा समस्या भयो । नियन्त्रणमा आउन समय लाग्यो । धनमाल र पशुचौपायामा क्षति पुगेपछि शनिबार साँझ स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत उपलब्ध गराउने निर्णय गरिएको हो ।’ 

    शनिबार रोहिणी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा आगलागीबाट ५० वटा घरमा क्षति पुगेको अध्यक्ष यादवले जानकारी दिए । उनले आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

    biddyaaaa.jpg

    गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले आगलागीबाट प्रभावित घरपरिवारलाई तत्काल राहत सामग्री वितरण सुरु गरिएको बताए । उनले पीडित परिवारलाई खाद्यान्न सामग्री, झुल, त्रिपालसहित नगद वितरण गरिएको जानकारी दिए ।

    आगलागी प्रभावित क्षेत्रमा पुगेका नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ताले प्रभावित परिवारलाई घरदैलोमै पुगेर राहत वितरण कार्य सुरु भएको बताए । आगलागी प्रभावित घरपरिवार बिचल्लीमा परेको स्थानीय प्रदीप पाण्डेयले जानकारी दिए ।