images

मंगलवार, बैशाख १८ गते २०८१

अनौठो पाकरी वृक्ष : सधै हरियाली, बस्दैनन् गिद्ध, चिल, काग र बकुल्ला

अनौठो पाकरी वृक्ष : सधै हरियाली, बस्दैनन् गिद्ध, चिल, काग र बकुल्ला

images
images
images
आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • अनौठो पाकरी वृक्ष : सधै हरियाली, बस्दैनन् गिद्ध, चिल, काग र बकुल्ला

    भैरहवा, २ वैशाख । रुपन्देहीको देवदहमा रहेको पाकरी वृक्ष अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन्। एसियाको सबैभन्दा ठूलो वृक्षको रुपमा लिइने पाकरी वृक्षको ऐतिहासिक र साँस्कृतिक महत्व समेत रहेको छ । 

    images

    नेपालको ऐतिहासिक र साँस्कृतिक महत्व जोडिएको पाकरी वृक्ष अवलोकनका लागि लुम्बिनी प्रदेशका विभिन्न स्थानबाट पर्यटकहरु आउने गरेका छन् । बुद्धकालिन वृक्षको रुपमा लिइने पाकरी वृक्षको अवलोकन तथा यसको महत्व थाहा पाउनका लागि पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।

    पूर्व पश्चिम राजमार्गको देवदह शित्तलनगर चोकदेखि २ किलोमिटर दक्षिणमा रहेको पाकरी वृक्षको उचाई करिब ९६ फीट तथा फैलिएका हाँगाको परिधि करिब ५०० फिट रहेको छ । पुरातत्व विभागले गरेको सर्वेक्षण अनुसार पाकरी वृक्ष शाक्य वंशको पालादेखि रहेको अनुमान छ । प्राचीन कोलिय राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन स्थानबाट पाकरी वृक्षको उत्पत्ति भएको मानिएको छ ।

    बाह्रैमास हरियो रहने यो वृक्षमा गिद्ध, चिल, काग बकुल्ला लगायतका ठुला चराहरु बस्दैनन् भने चराले गुण समेत नलगाउने स्थानीयको भनाइ छ । साथै अहिलेसम्म वृक्ष स्थलमा हाती पनि प्रवेश नगरेको स्थानीय बताउँछन् । 

    देख्दा निकै सुन्दर देखिने यस वृक्षले नेपालको विविधता, प्राकृतिक सौन्दर्यता र धार्मिक अर्थमा महत्वपूर्ण भूमिका निभाएको स्थानीय रुद्र पाण्डे बताउँछन् । उनका अनुसार यो वृक्षमा विभिन्न जीव र वस्तुका आकृति समेत छन् । वृक्षको हाँगा तथा जराहरुमा हात्तीको सुँड, नाग, कछुवा, मानव मस्तिष्क, अक्टोपस, गणेश भगवान, बुद्ध भगवान सुतेको आकृति रहेको स्थानीय पाण्डे बताउँछन् । किम्वदन्ती अनुसार यस वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता छ । पर्यटकीय आकर्षणको रुपमा रहेका कारण वार्षिक हजारौं पर्यटकहरू पाकरी वृक्ष हेर्नका लागि देवदहमा आउने गरेको बताइएको छ । 

    पाकरी वृक्ष अवलोकनका लागि पुगेका बुटवलका गुरुप्रसाद भट्टराईले यसको महत्व बुझ्दा निकै आनन्द आएको बताए । उनले एउटै वृक्षमा विभिन्न वस्तुको आकृति देख्न पाउँदा तथा शान्त र मनमोहक दृश्यले आफूहरुलाई मोहित बनाएको बताए । 

    एसियाकै सबैभन्दा ठूलो र पुरानो मध्यको एक वृक्ष भए पनि सरकारले उचित व्यस्थापनमा ध्यान नदिदा सोचे अनुसारका पर्यटक आउन सकेका छैनन् । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij