
शनिवार , बैशाख ८, २०८१
भैरहवा, ८ वैशाख ।
सशस्त्र प्रहरीले रुपन्देहीमा १५ केजी २३० ग्राम (१५ पोका) अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायव निरीक्षक भक्त बहादुर पाण्डेको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित नौडिहवाबाट गाँजा बरामद गरेको हो ।
शनिबार (आज) बिहान ६ः४५ बजे बेवारिसे अवस्थामा झोलामा रहेको र्यापिङ्गसहितको गाँजा बरामद गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेले बताए ।
गत वैशाख ४ गते सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले रोहिणी गाउँपालिका-१ मा भारतीय कन्टेनरबाट २७२.३३ केजी गाँजा बरामद गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij