२०८३, मंसिर १ गते

Nov 17 2026 | २०८३, मंसिर १ गते

एमालेले एक दिन अगाडी सार्‍यो केन्द्रिय कमिटीको बैठक

मंगलवार , मंसिर १, २०८३

  • 121
    Shares
  • 121
    Shares
  • काठमाडौं, १ मंसिर । नेकपा एमालेले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सारेको छ । 

    एमालेको मंगलवार बसेको स्थायी कमिटिको बैठकले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रश्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ । एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताउनु भयो ।

    राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेण्डाका रूपमा अगाडी बढाउने उहाँले बताउनु भयो । उहाँकाअनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रश्तुत गर्नुहुनेछ ।

    त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रश्तुत गर्ने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र र अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रश्तुत गर्नुहुनेछ । त्यसैगरी, पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठक हामीले ५ गते राख्ने भनेको त्यसलाई ४ गते सारिएको छ । आजको महत्वपूर्ण निर्णय राष्ट्रिय भेला तयारी सम्बन्धमा हो । राष्ट्रिय भेलामा अध्यक्ष कमरेडको वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रश्तुत हुन्छ ।

    त्यसैगरी समसामयिक राष्ट्रिय राजनीति र पार्टी विशेषमा वरिष्ठ नेताको कार्यपत्र प्रश्तुत हुन्छ । उपाध्यक्ष रामबहादुर थापाको संसदीय संघर्षको बारेमा उहाँले कार्यपत्र प्रस्तुत गर्ने र नेकपा एमालेको कार्यकालमा भएका विकासका कामहरूको प्रश्तुति तथ्याङ्कसहित उपाध्यक्ष विष्णु पौडेलले प्रश्तुत गर्नुहुन्छ । पार्टीको शुद्धिकरण, सुदृढीकरणका विषयमा महासचिव कमरेडले कार्यपत्र प्रश्तुत गर्ने निर्णय भएको छ । विशेष गरी भेला स्थानीय आउने स्थानीय निर्वाचनको तयारी र पार्टी सङ्गठनलाई कसरी परिचालित गर्ने भन्ने विषयमा गर्न लागिएको हो । आजको बैठकले यिनै विषयमा समसामयिक छलफल ग¥यो ।’

    बैठकमा भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी गराएको उहाँले बताउनु भयो । राष्ट्रिय भेलामा पार्टी पुनर्गठनको विषयमा भने छलफल नहुने उहाँले जानकारी दिनुभयो । उक्त विषय केन्द्रिय समितिले यसअघि नै टुंग्याइसकेकोले अब थप छलफल आवश्यक नरहेको उहाँको भनाई छ ।