images
images

शुक्रवार, जेठ ४ गते २०८१

पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता

पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता

images
images
images
बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता

    तिलोत्तमा, २० वैशाख ।
    शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकलेरुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित पामिर इन्टरनेशल एकेडेमीका विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले उक्त विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि वित्तीय साक्षरता प्रदान गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए । 

    images
    images
    images

    डिजिटल बैंकिङ र समग्र वित्तीय साक्षरताबारे विद्यार्थीहरुका लागि जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रममा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकमा कार्यरत नारायण न्यौपाने र मनोज पौडेलले विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेका थिए ।

    युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगारको सिर्जनाका आधार, उद्यमशीलताको विकास, आयस्तर अभिवृद्धिसहितका विषयलाई जागरण गराउन अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij