
शनिवार , मंसिर २५, २०७८
बुटवल, २५ मंसिर ।
रुपन्देहीको तिलोत्तमामा दोस्रो १४ वर्षमुनिको डबल र सिंगल छात्र नोबेल शटल स्म्यास ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नोबल ईन्भायरोमेन्ट एकेडेमीका अध्यक्ष स्वर्गिय सुमिता गुरुङ्गको स्मृतिमा ओपन नोबल बाल समुह र नोबल ईन्भायरोमेन्ट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा डबल ब्याइजतर्फ लमही ब्याडमिन्टन क्लबका सुबिन श्रेष्ठ र ज्योतिराजदित्य चौधरी विजयी भएका छन ।
त्यस्तै अस्नैया युवा क्लबका सुदेश राजकोटी र अनमोल परियारले दोस्रो, यस्नैयाकै युनिश सारु र मानव थापा, ऋतिक आचार्य र कबीर सुनारले तेस्रो स्थान हासिल गरे । आज नै भएको सिंगलतर्फ लमही ब्याडमिन्टन क्लबका सिद्धिन श्रेष्ठ विजेता बने ।
त्यस्तै अस्नैयाकै अनमोल परियार दोस्रो, नोबेल वातावरण प्रतिष्ठानका लेलिन राना र लमही ब्याडमिन्टन क्लबका ज्योतिराजदित्य चौधरीले तेस्रो स्थान हासिल गरे । त्यस्तै प्रतियोगितामा लमहीका सुविन श्रेष्ठ उत्कृष्ट, उदीयमान खेलाडीमा नोेबेल एकेडेमीकै लेलिन राणा बने । फेयर टिममा सुदेश राजकोटी र अनमोल परियार छनोट भए ।
प्रतियोगिताको डबलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद आठ हजार , पाँच हजार र दुई हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसै गरी सिंगलतर्फ क्रमशः नगद पाँच हजार, तीन हजार र एक हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा डबलतर्फ १० र सिंगलतर्फ १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा रुपन्देही र दाङ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो ।
विजेता खेलाडीलाई तिलोत्तमा नगरपालिका डा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, तिलोत्तमा नगर खेलकुद बिकास समितिका संयोजक राजेन्द्र गुरुङ, स्कूलका प्रिन्सिपल सुन्दर गुरुङले पुरस्कार वितरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij