आइतवार , आश्विन ११, २०८३
भैरहवा, ११ असोज । ४७ औं विश्व पर्यटन दिवसको अवसरमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहियामा रक्तदान सम्पन्न भएको छ ।
नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेण्ट (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा पर्यटक सूचना केन्द्र बेलहिया परिसरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटन मन्त्री तुलसी प्रसाद चौधरीले नेपाल पर्यटकको लागि सुरक्षित रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले लुम्बिनीका १२ जिल्ला भ्रमण गराउने गरी प्रयाप्त संख्यामा टुरिस्ट गाईड तयार योजना बनाइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापा, पूर्वअध्यक्ष सागर अधिकारी, होटल संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष माधव नेपाल, पर्यटन विकास परिषदको प्रमुख शारदा बस्याल, पर्यटन डिभिजन प्रमुख नेत्र भुसाल लगायतले नेपालको लुम्बिनी क्षेत्र पर्यटकको लागि घुमफिर गर्न सुरक्षित रहेको बताउनुभयो ।
पर्यटन व्यवसायी लक्की सिंह र रामचन्द्र थपलियाले संयोजन गर्नुभएको उक्त कार्यक्रममा २९ यूनिट रगत संकलन भएको आयोजकले जनाएका छन् ।
यसैबीच दुईजना भारतीय र दुईजना श्रीलंकन पर्यटकलाई बेलहियामा स्वागत तथा सम्मान गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij