२०८३, आश्विन ११ गते

Sep 27 2026 | २०८३, आश्विन ११ गते

काँग्रेस रुपन्देही–३ को क्षेत्रीय सभापतिमा पुरन श्रेष्ठले उम्मेदवारी दिने

आइतवार , आश्विन ११, २०८३

  • 310
    Shares
  • 310
    Shares
  • भैरहवा, ११ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीको क्षेत्रीय सभापति पदमा अधिवक्ता पुरन प्रसाद श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यही असोज १४ गते हुने प्रतिनिधि सभा अन्तर्गतको क्षेत्रीय अधिवेशनमा श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

    श्रेष्ठले आफ्नो प्रतिबद्धतामा सहमति, सहकार्य, समन्वय र एकताका माध्यमबाट संगठित संगठन निर्माण गर्ने, सबैलाई समेटी काँग्रेसमय पार्टी निर्माण गरी सुदृढीकरण गर्ने तथा कार्यकर्तालाई समेटी कांग्रेसमय वातावरणको निर्माण गर्ने उल्लेख गर्नुभएको छ ।

    त्यस्तै उहाँले संगठनलाई प्राथमिकतामा राखी व्यक्तिभन्दा विचारलाई रोज्ने, पार्टीभित्र पारदर्शीता, उत्तरदायित्व र नियमित अन्तरसंवादको संस्कृतिको विकास गर्ने प्रतिबद्धता पनि सार्वजनिक गर्नुभएको छ ।

    संगठनलाई चुस्त–दुरुस्त राखी आगामी निर्वाचनका लागि एकताबद्ध तरिकाले संगठित हुने श्रेष्ठको प्रतिबद्धता छ । श्रेष्ठले आफ्नो अमूल्य मत प्रदान गरी विजय बनाउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधि (मतदाता) समक्ष आग्रहसमेत गर्नुभएको छ ।

    श्रेष्ठले हाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्ष पद समेत सम्हालिरहनुभएको छ । 

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा जन्मिनुभएका पुरन प्रसाद श्रेष्ठ वि.सं. २०४९ सालमा भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा निर्वाचित हुनुभएको थियो । उहाँले दुई कार्यकाल नेपाली काँग्रेस सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को बुथ सभापति, दुई कार्यकाल क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ । श्रेष्ठले नेपाल तरुण दल र नेपाल विद्यार्थी संघमा रही जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
    उहाँ विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध हुनुहुन्छ ।