मंगलवार, मंसिर १९ गते २०८०

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

images
images

खबर पात्रो

११, मंसिर २०७८
  • 23.5K
    SHARES
  • भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

    भैरहवा। भैरहवामा शनिबार दिउसो ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ।

    भैरहवाको बर्मेलीटोलमा मोटरसाईलमा सवार स्याङजाको चापाकोट नगरपालिका–४ का ५३ वर्षींय गितानाथ खनाल र उनका १३ वर्षी छोरा सुदीपको मृत्यु भएको हो। 

    images
    images

    बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बाबु छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    ट्रकको ठक्करबाट गंभिर घाइते भएका उनीहरुको यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो।

    खनाल स्याङ्जाको शैक्षिक क्षेत्रका कार्यरत रहेका थिए। उनको निधनले शिक्षा क्षेत्रमा ठुलो क्षती पुगेको बताईएको छ। 

    images
    प्रकाशित मिति :मंसिर ११, २०७८ शनिवार - १९:३८:५९ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij