२०८३, कार्तिक १९ गते

Nov 05 2026 | २०८३, कार्तिक १९ गते

मंसिरमा पाँचदिने ‘बुटवल खाना महोत्सव’ हुने

बिहिवार , कार्तिक १९, २०८३

  • 166
    Shares
  • 166
    Shares
  • बुटवल, १९ कार्तिक । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारी सृजना गर्ने उद्देश्यसहित बुटवल खाना महोत्सव–२०८३ हुने भएको छ । होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ, रुपन्देहीको आयोजनामा मंसिरमा दोस्रो हप्ता देवीनगरस्थित रंगशालामा पाँचदिने बुटवल खाना महोत्सव गर्ने भएको हो । 

    बुटवलमा खाना महोत्सवलाई पर्वको रुपमा संघबाट निरन्तर गरिदै आएको अध्यक्ष माधव कुमार खनालले बताउनुभयो । बुधबार संघको बैठकबाट मंसिर ११ देखि १५ गतेसम्म पाच दिनसम्म महोत्सव गर्ने निर्णय भएको अध्यक्ष खनालले जानकारी दिनुभयो । नेपाली मौलिक खानपिनका परिकारका साथै विविध मनोरन्जनात्मक गतिविधिहरु समावेश हुने उहाँले बताउनुभयो । 

    कार्यक्रमको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । अध्यक्ष खनालको संयोजकत्वमा मूल समारोह समिति, निवर्तनमा अध्यक्ष लेखनाथ भण्डारी स्टल अनुगमन तथा निरिक्षण, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे विद्युत जडान तथा व्यवस्थापन, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा स्वागत सत्कार, साँस्कृतिक, मञ्च गठन सजावट उपसमिति गठन भएको छ । 

    त्यसै गरी प्रथम उपाध्यक्ष थम्मन भण्डारी स्टल निर्माण, साउण्ड तथा सुरक्षा व्यवस्थापन, द्वितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई स्टल बुकिङ वितरण ब्यवस्थापन, तृतीय उपाध्यक्ष राम बहादुर न्यौपाने मञ्च तथा सचिवालय निर्माण, महासचिव केशवराज कंडेल सदस्य, सचिव मूल समारोह समिति, कोषाध्यक्ष अर्जुन पोखरेल आर्थिक समन्वय तथा खाना, आवास ब्यवस्थापन, सचिव तुल्सीराम पराजुली संघ–संस्था समन्वय तथा पत्राचार, सह-सचिव डिल्लीराम अर्याल छपाई तथा पुरस्कार वितरण, सह–कोषाध्यक्ष खुमराज ज्ञवाली सामग्री खरिद तथा बजार ब्यवस्थापन, सदस्य एकदेव पाण्डे जनचेतना र्याली तथा मञ्च व्यवस्थापन उपसमिति गठन भएको छ । 

    विगतका वर्षको निरन्तरता मात्र नभइ थप पर्यटकलाई मनोरञ्जन दिने गरी साँस्कृतिक कार्यक्रममा राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुतिका साथै विभिन्न स्टलहरु रहने संघका कोषाध्यक्ष अर्जुन पोखरेलले बताउनुभयो ।