२०८३, आषाढ ९ गते

Jun 23 2026 | २०८३, आषाढ ९ गते

रेडक्रस दिवसको अवसरमा काशीमा सरसफाई कार्यक्रम

शुक्रवार , बैशाख २५, २०८३

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २५ वैशाख । ‘मानवतामा एकता’ भन्ने नारासहित शुक्रबार विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैबीच जुनियर रेडक्रस सर्कल काशी नोबल एकेडेमीले पनि सेनिटेशन (सरसफाई) कार्यक्रम गरी दिवस मनाएको हो ।

    जुनियर रेडक्रस सर्कलका अध्यक्ष प्रनुसा बस्यालको अध्यक्षता तथा सर्कलका सदस्य अर्थव गुप्ताको सञ्चालनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगर पालिका शाखाका कार्यबाहक अध्यक्ष ललिता चौधरीले उद्घाटन गर्दै रेडक्रसको महत्व र दिवसको आवश्यकताका बारेमा चर्चा गर्नुभएको थियो । 

    सर्कलका सदस्यहरुले दिवसका अवसरमा विद्यालय हाताबाहिर सरसफाई गरेका थिए । उनीहरु हातमा झाडु र डष्टबीन लिएर सफाई कार्यक्रममा सहभागी भएका थिए ।

    कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे, सह–प्राचार्य श्री रायमाझी, रेडक्रस सर्कलका काउसिन्लर अनिल बंशल, एकेडेमीका सेकेण्डरी लेबल इञ्चार्ज तेज प्रसाद पन्थ, को–ओर्डिनेटर निर्मल हुमागाइ, दीपक काफ्ले, हरि प्रसाद आचार्य लगायतको उपस्थिति थियो ।