शुक्रवार , बैशाख २५, २०८३
तिलोत्तमा, २५ वैशाख । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देहीमा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरुका बीचमा सञ्चालित बास्केटबल प्रतियोगिताका उपाधि छात्रतर्फ ब्रिटिस ग्रामर स्कूल र छात्रा एभरेष्ट मावि बुटवलले विजेता छन् ।
त्यस्तै उपविजेता छात्रतर्फ दीप बोर्डिङ र छात्रातर्फ आयोजक ब्रिटिस ग्रामर भएका छन् । वैशाख २३ गतेबाट सञ्चालन भएको तीन दिवसीय प्रतियोगिता सेमीफाइनल र फाइनल खेल आज सम्पन्न भएका हुन् ।
मोफसलको एक मात्रै क्याम्ब्रिज सर्टिफाइड विद्यालयका रुपमा स्थापित यस विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्मको पढाइ हुँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापनन सञ्चालन गरेको विद्यालयले कक्षा ८, १० र १२ मा सतप्रतिशत नतिजा दिँदै आएको छ ।
बास्केटबल प्रतियोगितामा रुपन्देही र छिमेकी जिल्लाका एसईईमा सहभागी छात्रतर्फ १० र छात्रातर्फ ५ टीम सहभागी थिए । जसमा छात्रतर्फ आयोजक विद्यालय विजिएस आरका दुई टीम, सिद्धार्थ बोर्डिङ, न्यू होराइजन, न्यू इन्भाएरमन्ट, दीप बोर्डिङ, शान्ति नमुना मावि, सगरमाथा बास्केटबल क्लब, सैनामैना बास्केटबल क्लब र एभरेष्ट बोर्डिङ रहेका थए । छात्रातर्फ एभरेष्ट बोर्डिङ, होराइजन, सिद्धार्थ र ब्रिटिस ग्रामर स्कूलको टीम सहभागी थिए ।
शुक्रबार (आज) सम्पन्न फाइनल खेलमा छात्रतर्फ आयोजक व्रिटिस ग्रामरले ३१–२६ स्कोरले दीप बोर्डिङलाई पराजित गर्दै विजेता बन्न सफल भएको छ । त्यस्तै छात्रातर्फ एभरेष्ट बोर्डिङ बुटवलले ब्रिटिस ग्रामर स्कूललाई ८–२ स्कोरले पछाडि पारी विजेता बन्न सफल भयो ।
फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोह जिल्ला बास्केटबल संघ रुपन्देहीका अध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ब्रिटिस ग्रामर स्कूल रुपन्देहीले शैक्षिक क्षेत्रमा मात्रै नभइ खेलकूदको क्षेत्रमासमेत लुम्बिनी प्रदेशको नमूना स्कूल बनी गौरव गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा अफिसियल, खेल प्रशिक्षकसहित विजेता तथा उपविजेता टीमलाई कप, प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो । बास्केटबल प्रतियोगितामा छात्रतर्फ ब्रिटिस ग्रामर स्कूलका नमसिन राना र छात्रातर्फ एभरेष्ट बोडिङकी सुहना पौडेल उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।
समापन समारोहमा विद्यालयका निर्देशक विष्णु प्रसाद भुसाल, डिल्ली नारायण पाण्डेय, पुष्पा कंडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख रोमा शर्माको सञ्चालन, बास्केटबल प्रशिक्षक आयुष कुँवरको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यालयका सह–प्राचार्यद्वय महेश पौडेल र इन्जिनियर उमेश कंडेलले आफ्ना धारणा राखेका थिए ।
कक्षा १ देखि १० सम्म केही सिटमा र कक्षा ११ व्यवस्थापन र विज्ञान संकायमा ३०÷२३० सिटमा रजिष्ट्रेसन खुलेकाले विश्वस्तरीय शिक्षाका लागि अभिभावकले सम्पर्क गर्नुहुन विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले ‘सगौरव’ जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij