२०८२, कार्तिक १४ गते

Oct 31 2025 | २०८२, कार्तिक १४ गते

विभिन्न कारागारबाट भागेका कैदीहरु रुपन्देही प्रहरीको नियन्त्रणमा

शुक्रवार , भाद्र २७, २०८२

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २७ भदौ । विभिन्न कारागार कार्यालयबाट भागेका (फरार) ७ जना कैदीबन्दीहरुलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ २३ गतेपछि भएको प्रदर्शनका क्रममा कारागार कार्यालयहरुमा भएको तोडफोड, आगजनीपश्चात त्यहाँबाट भागेका कैदीबन्दीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताउनुभयो ।

    चितवन कारागारबाट फरार सवारी अंगभंग मुद्दाका भारतको हरियाना प्रदेश थाना नागिना बस्ने २४ वर्षिय अब्बास खान, लागूऔषध मुद्दाका भारतको उत्तरप्रदेश थाना बेहोजोई बस्ने ४८ वर्षिय अनिल गिरी, सोही मुद्दाका उत्तरप्रदेश थाना केलादेवी बस्ने ४१ वर्षिय राजपाल सिंह र सवारीज्यान मुद्दाका उत्तरप्रदेश थाना बाह्रवंकी बस्ने ३८ वर्षिय मोनु कश्याबलाई नियन्त्रणमा लिइएको डीएसपी कार्कीले जानकारी दिनुभयो ।
    त्यस्तै नवलपरासी कारागारबाट फरार बहु–विवाह मुद्दाकी सैनामैना नगरपालिका–७ बस्ने ५२ वर्षिय करिस्मा रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी केन्द्रीय कारागार काठमाडौंबाट फरार लागूऔषध (कोकिन) मुद्दाका तान्जानिया नागरिक ५३ वर्षिय RAMADHANI SIMBA MWABUMBA र सोही मुद्दाका तान्जानिया नागरिक ४७ वर्षिय TWALIB KIPEVU PASHUA लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।