images

शनिवार, बैशाख १५ गते २०८१

‘अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य उद्देश्य हो’

‘अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य उद्देश्य हो’

images
images
images
बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • ‘अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य उद्देश्य हो’

    चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा बुधबार (आज) देखि भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि, पर्यटन प्रवद्र्धन) हुँदैछ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा मंसिर १८ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको विषयमा चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक दर्पण श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अशं :

    images


    छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को तयारी कस्तो छ ?

    छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को तयारी तीव्र रुपमा भइरहेको छ । महोत्सवमा स्टलहरु आउने क्रममा जारी छ ।  र्‍याली व्यवस्थापनमा जुटेका छौं । महोत्सवको उद्घाटनको तयारीमा लागेका छौं ।

    आर्थिक मन्दीको समयमा महोत्सव आयोजना गर्न लाग्नुभएको छ, उद्देश्यअनुरुप सफल हुन सकिएला ?

    उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० आयोजना गरिएको हो । वर्षेनी हामी निजी क्षेत्रले मेला÷महोत्सवको आयोजना गर्दै आएका छौं । राज्य चुकेको छ । राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गर्दै आएको छ । हामीले हाम्रो दायित्व बुझेर मेला महोत्सव आयोजना गर्दै आएका छौं । अर्थतन्त्रलाई चलायमान गराउनु हाम्रो पनि जिम्मेवारी भएको बुझेका छौं । अर्थतन्त्रलाई चलायमान गराउनु पनि महोत्सवको उद्देश्य भएकाले उद्देश्यअनुरुप सफलता प्राप्त गर्न लागिपरेका छौं ।

    महोत्सवको मुख्य मुख्य आकर्षणहरु के हुन् ?

    महोत्सवको आकर्षण समयसापेक्ष हुन्छ । उद्घाटन भएर पनि हालसम्म पनि नियमित सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि दबाब दिन महोत्सवको मुख्य प्रवेशद्वार हवाइजहाजको आकृतिमा र टिकटघर टर्मिनल भवन जस्तै बनाउने प्रयास गरेका छौं । त्यस्तै पशुपतिनाथ मन्दिरको आकृतिमा मेलाको सचिवालय निर्माण गरिएको छ । महोत्सवमा स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । जसले गर्दा स्थानीय कलाकारले आफ्नो प्रतिभा प्रस्फुटन गर्नै अवसर प्रदान पाउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ । त्यस्तै तराई–मधेशमा अत्याधिक रुचाइएको कुस्ती प्रतियोगिता पनि महोत्सवमा सञ्चालन गरिदैछ । उक्त प्रतियोगितामा महिला पहलमानको सहभागीता रहनेछ । मेलास्थलमा सेल्फी जोन र विभिन्न किसिमका बाल उद्यान रहेको छ । त्यस्तै साँस्कृतिक प्रस्तुती ‘डीजे’ पनि महोत्सवमा रहनेछ । महोत्सवले विभिन्न व्यक्तिहरुलाई रोजगारी पनि दिनेछ ।

    हरेक वर्ष मेला महोत्सव भइरहन्छन् । यो वर्षको महोत्सव अरु भन्दा भिन्न छ कि  ?

    भिन्न भन्नुपर्दा यस वर्ष मेलाको मुख्य प्रवेशद्वार (गेट) हवाइजहाजको आकृतिमा निर्माण गरिएको छ । यसले निश्चय नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकारको ध्यान जानेछ भन्ने हाम्रो बुझाइ छ । यसपटक महोत्सवमा शनिबार र सार्वजनिक विदाको दिनबाहेक बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्यस्तै ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।


    जति दक्षिणतर्फ गयो, उत्तरतिर जस्तो मेलामा आकर्षण देखिदैन भन्ने गुनासो छ नी । किन होला ?

    यसमा केही सत्यता छ । प्रचारप्रसारमा पनि केही कमी हुन सक्छ जस्तो लाग्छ । आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकलाई पनि धेरै भन्दा धेरै महोत्सवमा सहभागीता गराउन लागिपरेका छौं । दक्षिणतर्फ पनि मेलामा आकर्षण देखिन्छ भन्ने कुरा कामबाट पुष्टी गर्दै जानेछौं ।

    महोत्सवको खर्च व्यवस्थापन कसरी गर्नुहुन्छ ?

    मेला-महोत्सव एक प्रकारको पर्व नै हो । महोत्सवमा कसैले ब्यानर सहयोग गरेर त कसैले स्टल, कसैले प्रायोजन गरेर सहयोग गर्नुहुन्छ । स्टलहरुबाट केही रकम प्राप्त हुन्छ । सुरुमा अपुग रकम उद्योगी–व्यवसायीबाट पनि सरसापट लिने गरेका छौं ।

    चुनौतिहरु के के पाउनुभयो ?

    निजी क्षेत्र अहिले आफै समस्यामा छ । भैरहवामा महोत्सव सञ्चालनका लागि स्थायी मण्डप बन्न सकेको छैन । जसले गर्दा मेला सञ्चालनका लागि अस्थायी संरचना बनाउन लाखौं रकम खर्च हुँदै आएको छ । मुख्य चुनौति यिनै हुन् ।

    दर्शकलाई अरु केही भन्नुपर्ने छ कि ?

    अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य उद्देश्य हो । महोत्सवलाई सफल बनाउन हामी दिनरात लागिपरेका छौं । कतिपय स्थानमा महोत्सव ठेक्कामा सञ्चालन गरिएको सुन्दै आएका छौं । यसले मेलाको गुणस्तरीयतामा कमी आउँछ र हामीलाई पनि असर गर्छ । मेला महोत्सव सफल बनाउनु सबैको साझा दायित्व हो । कसैले स्टल लगाएर, कसैले महोत्सवको अवलोकन गरेर र कसैले सल्लाह–सुझाव दिएर महोत्सवलाई सफल बनाउन विनम्र आग्रह गर्दछौं ।

     

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij