२०८२, कार्तिक १५ गते

Nov 01 2025 | २०८२, कार्तिक १५ गते

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण

शनिवार , कार्तिक १५, २०८२

  • 661
    Shares
  • 661
    Shares
  • भैरहवा, १५ कार्तिक । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । शनिबार दिउँसो १२ बजे जहाज अवतरण गरेको गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिनुभयो । सो जहाजमा ‘हाइड्रोलिक समस्या’ आएपछि भैरहवामा अवतरण भएको थियो । 

    सूचना अधिकारी रावतका अनुसार डाईभर्ट भएर भैरहवामा अवतरण भएको उक्त जहाजमा बच्चासहित ८२ जना यात्रुहरु रहेका थिए । ‘सबै यात्रु सकुशल हुनुहुन्छ्, अर्को जहाजबाट यात्रुहरु काठमाडौं जानुहुनेछ, ’सूचना अधिकारी रावतले भन्नुभयो ।