२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

सामुदायिक वन समन्वय समिति तिनाउको २२ औं साधारणसभा सम्पन्न

शुक्रवार , कार्तिक १४, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • पाल्पा, १४ कार्तिक । सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पाको २२ औं वार्षिक साधारणसभा शुक्रबार सिद्धबाबा मन्दिर परिसरमा सम्पन्न भएको छ । साधारणसभामा चालू आर्थिक वर्षमा सञ्चालन गरिने वन, वातावरण तथा जैविक विविधता संरक्षण सम्बन्धि प्रस्तावित योजना संस्थाका अध्यक्ष दलबहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो । 

    त्यस्तै संस्थाका महासचिव गणेश रास्कोटी मगरले गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्षक्ष बिनोद बस्यालले आर्थिक वर्ष २०८१÷०८२ मा कार्यक्रम सञ्चालनका क्रममा भएका आयव्यय विवरण पेश गर्नुभएको थियो । 

    सभाका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले समन्वय समितिसँग हातेमालो गरी आफ्नो पालिकाले वन, वातावरणको क्षेत्रमा प्रगतिशील कार्यक्रम गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले बजेटको कारण कुनै पनि हितकर कार्यक्रम नरोकिने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

    त्यसै गरी विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले समन्वय समितिसँग वनउद्यम सञ्चालनका विषयमा छलफल गरी अघि बढ्ने जानकारी गराउनुभयो । तिनाउ सवडिभिजन वन कार्यालयका प्रमुख प्रेम चौधरीले तिनाउमा रहेका सबै सामुदायिक वनहरुलाई सशक्तिकरण र सुशासनको लयमा अघि बढाउन समन्वय समितिको भूमिका प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।

    उक्त सभामा  तिनाउ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष भुवनसिंह चिदी, संस्थाका सल्लाहकारहरु अमर प्रधान, राजेश श्रेष्ठ, डिजिएम नेपाल, लुम्बिनी प्रदेशका संयोजक कविता तामाङ, सहभागीहरुका तर्फबाट कुम्भकला खड्का, मनबहादुर बिकलगायतले समन्वय समितिको ईतिहास गर्विलो रहेको र भविष्यमा थप सिर्जनशील कार्यका लागि शुभकामना दिनुभयो । सभाको सञ्चालन संस्थाकी सदस्य हरिकला कुमालले र सहभागी सबैलाई स्वागत संस्थाकी सह-सचिव सावित्रा रानाले भएको थियो ।