२०८३, कार्तिक २० गते

Nov 06 2026 | २०८३, कार्तिक २० गते

नेपाल उद्यान महासंघको दोस्रो केन्द्रीय विस्तारित बैठक चितवनमा सम्पन्न

शुक्रवार , कार्तिक २०, २०८३

  • 220
    Shares
  • 220
    Shares
  • रुपन्देही, २० कार्तिक । नेपाल उद्यान महासंघको दोस्रो केन्द्रीय विस्तारित बैठक बिहीबार चितवनमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष खेमप्रसाद लुंइटेलको अध्यक्षता तथा चितवनका वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिकास्थित डिभिजन वन कार्यालयको सभाहलमा बैठक सम्पन्न भएको हो ।

    बैठकमा महासंघको प्रगति विवरण, सांगठनिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को लेखा प्रतिवेदन, आर्थिक तथा प्रशासनिक कार्यविधि निर्माण, प्रदेशस्तरीय प्रस्तावना पेश, महासंघ नवीकरण, दोस्रो साधारणसभा तथा सदस्यता नवीकरणलगायतका विषयमा छलफल भएको थियो ।

    बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले वन, वातावरण तथा जैविक विविधता संरक्षणमा उद्यान महासंघको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि महासंघले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । उद्यानको वर्गीकरण, विशेषता पहिचान तथा संरक्षणका लागि सरकारलाई नीतिगत सहयोग पुर्‍याउने र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । बैठकमा महासंघका केन्द्रीय तथा अन्य सदस्यहरूको सहभागीता रहेको थियो ।

    WhatsApp Image 2026-11-05 at 4.14.24 PM (1).jpeg

    यसैबीच, कार्तिक २० गते शुक्रबार (आज) महासंघको सहकार्य तथा डिभिजन वन कार्यालयको संयोजनमा चितवनमा विचार गोष्ठी आयोजना हुने भएको छ । सामुदायिक वनको व्यवस्थापनमा पर्यापर्यटनका अवसर, चुनौती र गन्तव्य विषयक उक्त गोष्ठीमा सम्बन्धित सरोकारवालाबीच छलफल हुने महासंघका प्रेस सल्लाहकार मनीष पन्थले जानकारी दिनुभयो ।