२०८३, कार्तिक २० गते

Nov 06 2026 | २०८३, कार्तिक २० गते

सिन्ह्वाद्वारा विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक

शुक्रवार , कार्तिक २०, २०८३

  • 160
    Shares
  • 160
    Shares
  • काठमाडौं, २० कार्तिक । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक गरेको छ ।

    बेइजिङमा बिहीबारदेखि शुरु भएको सातौँ विश्व मिडिया शिखर सम्मेलनका अवसरमा सिन्ह्वाले उक्त रोबोट समाचारवाचक सार्वजनिक गरेको हो । मानवजस्तै देखिने र समाचारवाचन गर्न सक्ने यी रोबोटलाई सञ्चार क्षेत्रमा प्रविधिको नयाँ प्रयोगका रूपमा हेरिएको छ ।

    सातौँ विश्व मिडिया शिखर सम्मेलनमा विश्वभरका सञ्चारमाध्यमका प्रतिनिधि तथा सञ्चार क्षेत्रका सरोकारवालाहरू सहभागी भइरहेका छन् ।