
आइतवार , चैत्र २७, २०७८
चैत्र २७ गते। नेपाली कांग्रेस सैनामैना नगर समितिले वडातहमा निर्वाचन परिचालन कार्यालय उद्घाटनलाई तिव्रता दिएको छ । स्थानीय तहको चुनाव नजिकिए संगै सैनामैनाका विभिन्न वडामा निर्वाचन परिचालन कार्यालय स्थापना गर्दै कांग्रेस अघि बढेको पाइएको हो ।
नेपाली कांग्रेस सैनामैना वडा न.६ को आयोजनामा आइतबार निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रम कांग्रेस वडा न.६ का कार्यवहाक सभापति शोभाखर भण्डारीको अध्यक्षता, कांग्रेस जेष्ठ नागरिकका केन्द्रीय सदस्य पर्शुराम पोख्रेलको प्रमुख आतिथ्यता, महासमिति सदस्य पुर्ण बहादुर सुनार, कांग्रेस जिल्ला सदस्य सिता पोख्रेल, कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालको विशिष्ट आतिथ्यता तथा कांग्रेसका युवा नेता तथा सैनामैना वडा न.६का वडा अध्यक्षका उम्मेद्वार गोपाल पोख्रेल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यालयको उद्घाटन गर्दै कांग्रेस जेष्ठ नागरिकका केन्द्रीय सदस्य पर्शुराम पोख्रेलले लोकतन्त्रलाई संस्थागत गर्न र आमजनताको पक्षमा उभिने पार्टि कांग्रेस भएको दाबी गरेका छन् । उनले जहाँ कांग्रेसले नेतृत्व गरेको छ, त्यहाँ जनपक्षीय भएर कार्य सम्पादन भएको उल्लेख गरे ।
पार्टीसंग नविन सोच, विचार भएका कारण देशब्यापी रुपमा कांग्रेसमय भएको विश्वास पोख्रेलले गरे । नेकपा एमाले भित्र अहङ्कार भएका कारण अहिले प्रतिपक्षमा बस्न परेको आरोप समेत उनले लगाए । आगामी हुने स्थानीय चुनावमा कांग्रेसलाई जिताउन प्रत्येक आमजनताको घरदैलोमा पुग्न कार्यकर्तालाई उनले आग्रह गरे ।
यस्तै, कार्यक्रममा महासमिति सदस्य पुर्ण बहादुर सुनारले दलित, आदिबासी, जनजाती, महिला र हरेक समुदायको हकअधिकार सुनिश्चित गर्न पार्टि लडिरहेको बताउदै सुखी नेपालीको अभियानलाई साकार पर्ने दिशा तर्फ केन्द्रीत भएको बताए । आगामी स्थानीय चुनावमा कांग्रेसले सवै लाग्नुपर्नेमा उनको जोड थियो । एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधी भ्रष्टाचारमा लिप्त भएको आरोप समेत उनले लगाए ।
कार्यक्रममा कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालले नेपाली कांग्रेसले देशलाई हाक्ने पार्टि कांग्रेस भएको दाबी गरेका छन् । समान अधिकार र समावेशीता सहितको एजेण्डा सवै पार्टीले उठान गर्नुपर्ने देखिएको बताउँदै कांग्रेसले दलित, जनजाति, आदीबासी लगायत समुदाय र महिलाहरुको अधिकारलाई रक्षा गर्न सधै प्रयासरत रहेकोे बताए ।
कांग्रेसका युवा तथा सैनामैना वडा न.६ का वडा अध्यक्षका उम्मेद्धवार गोपाल पोख्रेलले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन मतका साथ सहयोग रहने समेत अपेक्षा प्रकट गरे । सैनामैना नगरपालिकामा कांग्रेसको चारतारे झण्डा ठडाएरै देखाउने पोख्रेलको प्रतिबद्धता रहेको छ ।
कांग्रेस वडा न.६का सारदा काफ्लेको स्वागत मन्तव्य तथा वडा सचिब शालिकराम पन्थीको सञ्चालनमा सम्पन्न भएको हो । सैनामैना वडा न.६ स्थित कलौनीमा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij