
शनिवार , चैत्र २६, २०७८
रुपन्देही, २६ चैत ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को वडा समितिले चुनाव लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ । आगामी स्थानीय तहमा काग्रेसको वर्चस्व कायम गर्न कांग्रेस वडा नम्बर १२ ले निर्वाचन परिचालनका लागि पार्टी कार्यालय पनि उद्घाटन गरिसकेको छ ।
कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिल र विस्तार गर्ने तर्फ बढी केन्द्रीत भएको कांग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा सभापति धर्मराज शर्माले जानकारी दिए । सोही क्रममा शनिबार वडामा कांग्रेस निकट तरुण निर्वाचन परिचालन समिति गठन गरिएको छ । विष्णु थापाको संयोजकत्वमा १०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । सो समितिले आगामी स्थानीय तहको निर्वाचनका लागि कांग्रेसलाई सहयोगीको रुपमा अघि बढाउने बताइएको छ ।
पार्टी कार्यालयमा भएको कार्यक्रम तरुण दल बुटवल–१२ का सभापति विष्णु थापाको अध्यक्षता, नेपाली कांग्रेस जेष्ठ नागरिक केन्द्रीय सदस्य उदयराज काफ्लेको प्रमुख आतिथ्यता तथा तरुण दल पुर्व केन्द्रीय सदस्य चिरञ्जीवी जोशी, तरुण दल जिल्ला सचिव रमेश शाहीको विशिष्ट आतिथ्यता, तरुण दल क्षेत्रीय सभापति हसन्त लामा, कांग्रेस क्षेत्र नम्बर ५ का सचिव प्रजापाल गिरी, महाधिवेशन प्रतिनिधि तथा बुटवल उपमहानगरपालिका–१२ का वडा अध्यक्षका उम्मेदवार दिल्ली प्रसाद शर्मा, महिला संघकी मीना जि.सी, प्रदेश प्रतिनिधी रवि के.सी. लगायतको आतिथ्यता रहेको थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जेष्ठ नागरिक केन्द्रीय सदस्य उदयराज काफ्लेले स्थानीय निर्वाचन नजिकिएकाले निर्वाचनका लागि तयार हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । जनताको दल कांग्रेस भएको दावी गर्दै कांग्रेसमय बनाउन कांग्रेस लागिपरेको समेत काफ्लेले उल्लेख गरे ।
पार्टीले ‘घर घर जाऔँ, कांग्रेस जिताऔं अभियानलाई तीव्रता दिएको आचार्यले बताए । युवाहरु एकताबद्ध भएर लाग्न आग्रह गर्दै कांग्रेसलाई जिताउन हरपल सहयोग हुने उनले अपेक्षा समेत उनले राखे ।
कांग्रेसलाई चलायमान गराउने खम्बा तरुणदल भएको नेपाल तरुण दल जिल्ला सचिव रमेश शाहीले बताए । तरुणबाटै पार्टीको जिम्मेवार पदमा जान सकिन भन्दै आगामी पालिकाको चुनावमा लाग्न शाहीले आग्रह गरे । चुनावको बेला हुने भड्किलो र खर्चिलोपनलाई कम गर्ने कुरामा सचेत गराउँदै उम्मेदवारलाई मनपरी खर्चका लागी हैरान नकटाउन अपिल गरेका छन् ।
यस्तै, कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा बुटवल १२ का वडा अध्यक्षका उम्मेद्वार दिल्ली प्रसाद शर्माले युवाहरुको साथले आगामी चुनावमा बुटवल जित्ने दावी गरेका छन् । शान्ति र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न यो परिचालन समितिले अतुलनीय भूमिका निर्वाह गर्ने अपेक्षा लिदै शर्माले कांग्र्रेसको वर्चस्व कायम गर्न सबै लाग्नलाई अपिल गरे ।
तरुण निर्वाचन परिचालन समिति बुटवल–१२ का संयोजक विष्णु थापाले बोल्दै आगामी निर्वाचनमा कांग्रेसको ‘घरघरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई तीव्रता दिने बताए ।साथै निर्वाचनको बेला हुने गलत क्रियालापकोविरुद्धमा उत्रिने बताउँदै थापाले शान्ति र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न यो परिचालन समितिले अतुलनीय भूमिका निर्वाह गर्ने थापाले उल्लेख गरे ।
कार्यक्रममा तरुण वडा उपाध्यक्ष गणेश सुवेदीको स्वागत तथा सचिव गणेश आचार्यको सञ्चालनामा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij