
शुक्रवार , चैत्र ४, २०७८
रुपन्देही, ४ चैत ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मोहम्मद रफिक खाँको पहलमा वडामा दुई स्टील पुल निर्माण भएका छन् । मायादेवी वडा नम्बर ३ स्थित कम्हरियादेखि मेडरवा जोड्ने स्टील पुल निर्माण भएको छ भने अर्को रिलायन्स पुल फ्याक्ट्रीदेखि हनामपुर जोड्ने स्टील पुल निर्माण भएको हो । गत वर्ष सुरु भएको उक्त पुलको निर्माण कार्य चालुआर्थिक वर्षको फागुनमा सम्पन्न भएको हो । कोरोनाका कारण केही महिना निमार्ण कार्य स्थगित भएको थियो ।
झोलुङगे पुल क्षेत्रगत कार्यक्रमअन्र्तगत कमरियादेखि मेडरवा जोड्ने स्टील पुल निर्माण सम्पन्न गर्न ३० लाख बजेट विनियोजन भएको थियो । जसमा वडा कार्यालयको तर्फबाट २५ लाख,४ लाख गाउँपालिका र एक लाख समपुरक अनुदान कोषबाट विनियोजन भएको हो ।
त्यस्तै, रिलायन्स पुल फ्याक्ट्रीदेखि हनामपुर जोड्ने स्टील पुल निर्माण गर्न ३० लाख बजेट विनियोजन भएको थियो । जसमा २५ लाख संघीय सरकारबाट, ४ लाख मायादेवी गाउँपालिका र १ लाख समपुरक अनुदान कोषबाट बजेट छुट्टाइएको हो ।
वषौँदेखि कच्ची पुलमा कष्टकर यात्रा गरेका वडाबासीले भने दुई पुल बनेपछि सहज रुपमा यात्रा गर्न थालेका छन् । कष्टकर यात्रालाई सहजता गर्ने काम गरेको वडा अध्यक्ष मोहम्मद रफिक खाँले बताए । यात्रा गर्दा जोखिम मोल्नुपर्ने र आवातजावतमा समस्या भएपछि आफनै पहलमा दुई स्टील पुल निर्माण भएको उनले बताए ।
चुनावका बेला जनतामाझ गरेका बाचालाई पुरा गर्न हरपल लागि परेको बताउँदै पुल लगायत भौतिक पूर्वाधार निर्माणमा जुटिरहेको अध्यक्ष खाँले उल्लेख गरे । थोरै बोल्ने तर काम धेरै गर्ने आफनो बानी भएको बताउदै जनताँलाई महसुस र देख्ने खाले विकास निर्माण कार्य भएको खाँले तर्क गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij