२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पर्राेहा माविलाई १० लाख दिने शिक्षामन्त्री खाँको घोषणा

आइतवार , फाल्गुण २९, २०७८

रुपन्देही, २९ फागुन ।
लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले पर्रोहा माध्यमिक विद्यालयको भौतिक निर्माणका लागी रकम दिने घोषणा गरेका छन् । विद्यालयको ६३ औँ वार्षिकउत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मन्त्री खाँले विद्यालयको माग र विद्यार्थीहरुको रोजाईअनुसारको मन्टेश्वरी सञ्चालन तथा गेट निर्माणका लागी यस वर्ष रु. १० लाख दिने घोषणा गरेका हुन् ।

उनले विद्यालयको थप पूर्वाधार निर्माण गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको जनाउँदै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन विद्यालयलाई आग्रह गरे । 

लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक मनोज गैरेले देशको विकासको प्रमुख आधार नै शिक्षा भएकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न राज्यले लगानी बढाउनुपर्ने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न गर्न प्रविधिमैत्री सिकाईको विकास गर्न आवश्यक रहेको औँल्याए ।

विद्यालयलाई घोकाइको थलो नबनाउ, सिकाइको थलो बनाउ उनले भने, ‘विद्यालयलाई विद्यार्थीमुखी सिकाईको थलो बनाउन सके मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन्छ । निर्देशक गैरेले भने, ‘वर्तमान प्रविधिको युगमा परम्परागत शिक्षण विधिलाई परिमार्जन गर्न जरुरी छ, तसर्थ विद्यालयमा शिक्षकशिक्षक मात्र नभएर शिक्षक सहजकर्ताको रुपमा सिकाई सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

सैनामैना नगरपालिकाका शिक्षा शाखाका गणेश खनालले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताए । उनले नगरपालिकाले भौतिक संरचनासँगै शैक्षिक गुणस्तर सुधारका लागि र सबैको पहुँचमा गुणस्तरिय शिक्षा पुर्याउने उद्देश्यले नगरमा विभिन्न कार्य गरिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले यस क्षेत्रकै एक नमूना विद्यालय बनाउन विभिन्न योजनाका साथ अघि बढेको बताए । भौतिक संरचना निर्माणसंगै शैक्षिक गुणस्तर वृद्धिका लागी शिक्षक, विद्यार्थी र अभिभावक सबैले अहम भूमिका खेल्नुपर्ने धारणा राख्दै विद्यालयलाई अब्बल शैक्षिक गन्तव्य बनाइने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक बल बहादुर के.सी.ले प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै विद्यार्थीहरुको चाहना र आवश्यकताअनुसार शिक्षण हुने बताए । के.सी.ले पठनपाठन मात्र होइन विद्यार्थीहरुको सर्वांगीण विकासका लागि अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गरिदै आएको बताए ।

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईले प्रविधिमा आधारित लगानी, प्रक्रिया र उपलब्धि भए मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागी विधार्थी,शिक्षक अभिभावकबीच अन्तरसम्बन्ध स्थापित हुनुपर्नेमा जोड दिए । 

सोही अवसरमा विद्यालयलाई अतुलनीय योगदान गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु अक्षयकोष दाता, उत्कृष्ट शिक्षक, कर्मचारी, अवकाश प्राप्त शिक्षक, जिम्मेवार अभिभावक, उत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण भएका मेधावी विद्यार्थीहरुलाई नगद राशी, दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, सैनामैना नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष धन बहादुर कार्की, शिक्षक महासंघ सैनामैना अध्यक्ष नारायण प्रसाद भुसाल, नेपाल रेडक्रस लुम्बिनी प्रदेशका महासचिव लाल प्रसाद पंगेनी, नेकपा (एकीकृत समाजवादी) सैनामैना अध्यक्ष देवराज पौडेल, नेकपा (माओवादी केन्द्र) सैनामैनाका तेज नारायण सुवेदी लगायतले सामुदायिक विद्यालयले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । 

student (1).jpg

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । पर्रोहा माध्यमिक विद्यालयका शिक्षक धनबहादुर रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।