images

शनिवार, बैशाख २२ गते २०८१

चुनाव केन्द्रित रणनीति बनाउँदै ‘रुपन्देही कांग्रेस’

चुनाव केन्द्रित रणनीति बनाउँदै ‘रुपन्देही कांग्रेस’

सम्भाव्यता अध्ययन गर्न पालिका पस्यो

images
images
images
बुधवार, फाल्गुण २५ २०७८
बुधवार, फाल्गुण २५ २०७८
  • चुनाव केन्द्रित रणनीति बनाउँदै ‘रुपन्देही कांग्रेस’

    रुपन्देही, २५ फागुन ।
    आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो वर्चश्व कायम गर्न नेपाली कांग्रेस रुपन्देही जिल्ला समितिले विशेष रणनीति बनाउँदै अघि बढेको पाइएको छ । कांग्रेसको महाधिवेशनबाट नयाँ जिम्मेवारी पाएका नेतृत्वकर्ताहरुले भने आगामी वडा तथा पालिकामा हुने स्थानीय तहको चुनावमा कांग्रेसलाई विजय हासिल गराउन रणनीति बनाउँदै दौडधुप गरिरहेका छन् ।

    images
    images
    images

    आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्यसमितिले निर्वाचन सम्भाव्यता अध्ययन तथा रणनीति योजना निर्माण समिति गठन गरिसकेको छ । सो समितिले बुधबारदेखि रुपन्देहीका वडा तथा पालिकामा निर्वाचन सम्भाव्यता अध्ययन गर्न सुरु गरेको हो ।

    बुधबार रुपन्देहीको सैनामैना र कञ्चन गाउँपालिकामा निर्वाचन सम्भाव्यता अध्ययन तथा रणनीति योजना निर्माण छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आगामी स्थानीय तहको चुनावमा कांग्रेसलाई कसरी विजयी बनाउन सकिन्छ ? जनमुखी एजेण्डा र उम्मेदवार कस्तो हुनुपर्छ, कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थाको क्रियाशिलता र भुमिका के ? जस्ता प्रश्नपत्र नै बनाई सोबारे टिपोट नै गरिएको निर्वाचन सम्भाव्यता अध्ययन तथा रणनीति योजना निर्माण समिति संयोजक तथा कांग्रेस रुपन्देही उपसभापति डा.अनिता शाहले जानकारी दिइन् । उनका अनुसार टिपोट गरिएका कुरालाई चैत १५ गतेभित्र प्रतिवदेनमार्फत सार्वजनिक गरिने र सोको आधारमा भावी चुनावमा कांग्रेस जाने समेत बताइन् । रुपन्देहीका १६ वटै पालिकामा निर्वाचन सम्भाव्यता अध्ययन गरिने बताउँदै निर्वाचनका लागि तयार हुन पनि आग्रह गरिन् । जनताको दल कांग्रेस भएको दावी गर्दै कांग्रेसमय बनाउन कांग्रेस लागिपरेको समेत उनले उल्लेख गरिन् ।

    कार्यक्रममा निर्वाचन सम्भाव्यता अध्ययन समिति सदस्य तथा कांग्रेस पूर्व जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, युवा नेता विष्णु पोख्रेल, सदस्यहरु सरिता चौधरी, मदन कंटेल, तुल्सीराम ढकाल, रेखा भुसाल, कुल प्रसाद लामिछाने, जिल्ला सदस्य जीवन सेवानी, कांग्रेस सैनामैना नगर संभापति रण बहादुर खनाल, नगर सचिवद्वय कृष्ण कंडेल, अर्जुन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

    सैनामैना वडा नम्बर ८को सतचिन्तनमा भएको कार्यक्रममा कांग्रेस क्षेत्रीय, नेपाली कांग्रेस सैनामैना वडा नम्बर १ देखि ११ सम्मका पदाधिकारी तथा सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाहरुको उपस्थिति रहेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij