२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बि योगको आकस्मिक रक्तदान

बुधवार , श्रावण ७, २०७७


बुटवल, ६ साउन ।
सौन्दर्य क्षेत्रमा दक्ष कामदार उत्पादन गराउँदै आएको रुपन्देहीको बि योग एकेडेमीले बुधबार रक्तदान गरेको छ । सामाजिक उत्तरदायित्वमा अग्रसर हुदै आएको एकेडेमीले नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । 

फोरम फर हल्थ एण्ड टेक्निकल साइन्सेज प्रदेश ५ का संयोजक प्रकाश राना, एकेडेमीका संचालक आरती रानाले केन्द्रका वरिष्ठ प्राविधिक निरंजन राजभण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरेका छन । 

एकेडेमीमा १ सय ५० जना सौर्न्दर्य सम्बन्धि तालिम लिदै आएका छन । बेसिक, एडभान्स, डिप्लोमा र स्पेशल कोर्षमा तालिम दिदै आएको एकेडेमीका संचालक आरती रानाले बताइन् । ४ जना दक्ष प्रशिक्षकले विभिन्न सिफ्टमा तालिम दिने गरेका छन । तालिमपछि स्वरोजगार युवा उत्पादन गर्न सफल भएको उनले बताइन् । संयोजक गरिमा आचार्य क्षेत्रीले ४० युनिट रगत सकलन भएको बताइन् ।

कोरोना भाइरसका कारण चार महिना लामो लकडाउन चलिरहँदा यहाँको मागलाई सामाजिक संघसंस्थाहरुले आकस्मिक रक्तदान मार्फत पुरा गरिरहेको छ । 

केन्द्रका ल्याब इन्चार्ज तथा सदस्य सचिव जोग बहादुर गुरुङले क्यान्सर, थाल्सेमिया, डायलोसिस, मेजर अपरेशन, एनिमिया, सिकलसेल, प्रसुति केसहरुमा रगतको आवश्यक रहेको बताए । 

लकडाउन अवधिको ४ महिनामा केन्द्रबाट ५ हजार १ सय ७९ युनिट रगत संकलन भएको छ । बिरामीहरुले कम्पोनेन्ट, प्याक सेल र होल ब्लड गरी ६ हजार ३६ युनिट रगत लगेका छन ।