images

शुक्रवार, चैत्र १६ गते २०८०

लिपुलेक र एमसीसीबारे कांग्रेस केन्द्रीय सदस्य रज्जाकले मुख खोले

लिपुलेक र एमसीसीबारे कांग्रेस केन्द्रीय सदस्य रज्जाकले मुख खोले

images
images
images
मंगलवार, माघ ४ २०७८
मंगलवार, माघ ४ २०७८
  • लिपुलेक र एमसीसीबारे कांग्रेस केन्द्रीय सदस्य रज्जाकले मुख खोले

    रुपन्देही, ४ माघ ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले नेपाली भूमि लिपुलेक प्रकरण र एमसीसीको विषयमा आफनो धारणा बाहिर ल्याएका छन् । कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ को नियमित पहिलो बैठकमा नेता रज्जाकले भारत सरकारले नेपाली भूमि लिपुलेक क्षेत्रमा गरेको सडक निर्माण आपत्तिजनक छ अविलम्ब रोक्नुपर्छ भन्ने दबाब पार्टी भित्र आफूले गरेकाले कांग्रेसले आधिकारिक धारणा बाहिर ल्याएको दावी गरेका छन् ।

    images
    images
    images

    पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका रज्जाकले भने, ‘कांग्रेसको धारणा स्पष्ट छ सीमासम्बन्धी प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा कुटनीतिक संवादमार्फत गर्दै नेपाल सरकारले तत्काल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा आफ्नो भोगाधिकार स्थापित गर्न पहल कदमी लिनुपर्छ ।’

    उनले अहिले चर्चामा रहेको एमसीसीको विषयमा समेत बोलेका छन् । उनले एमसीसी अहिलेको सरकारले पास गर्यो भने आगामी तीनै तहको चुनावमा ठुलो मुल्य चुकाउन कांग्रेस बाध्य हुने बताए । एमसीसी जति नै देशका लागि हितकार भए पनि जनतामा भ्रम फैलिएको तर्क गर्दै रज्जाकले भ्रमलाई चिर्न सत्ता तथा विपक्ष दलसंग बृहत छलफल आवश्यक रहेको कुरा औँल्याए ।
    नेपाली कांग्रेस राष्ट्रियता बोकेर अघि बढ्ने पार्टी भएको दावि गर्दै नेता रज्जाकले चुनावका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । उनले मतदाता नामावली संकलन गराउने, अद्यावधिक गराउने, टोल विकास गठन गर्ने, पालिका, जिल्ला र प्रदेशलाई नियमित बैठक गर्न आग्रह समेत उनले गरे । साथै कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेकोले आवश्यक सर्तकता अपनाउन सबैलाई सचेत गराए ।

    बैठक कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय सभापति हिरा के.सी.को अध्यक्षता, कांग्रेस केन्द्रीयय सदस्य अब्दुल रज्जाकको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला सचिव हरि काफ्ले, जिल्ला सहसचिव बासुदेव रिमाल, क्षेत्रीय उपसभापतिहरु नविराज अर्याल, मदन प्रसाद पोख्रेल, महासमिति सदस्यहरु पmणिन्द्र प्रसाद शर्मा, गंगा शाही, पूर्व सभापति विश्वनाथ यादव लगायतको आतिथ्यता रहेको थियो ।
    बैठक सञ्चालन कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सचिव विजय गुरुङले गरेका थिए ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij