images

बुधवार, बैशाख १२ गते २०८१

लुम्बिनीका मेसु डा. ईन्द्र ढकालद्वारा आफ्ना सयदिने काम सार्वजनिक

लुम्बिनीका मेसु डा. ईन्द्र ढकालद्वारा आफ्ना सयदिने काम सार्वजनिक

images
images
images
सोमवार, माघ ३ २०७८
सोमवार, माघ ३ २०७८
  • लुम्बिनीका मेसु डा. ईन्द्र ढकालद्वारा आफ्ना सयदिने काम सार्वजनिक

    बुटवल, ३ माघ । 
    लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. ईन्द्र ढकालले आफुले गरेका १ सय दिनका काम र अस्पतालको सुधारका प्रयासहरु सार्वजनिक गरेका छन् । अस्पतालमा सञ्चारकर्मीसामु आफ्ना काम र प्रयासहरु सार्वजनिक गर्दै डा. ढकालले लामो समयदेखि चिकित्सकीय परामर्श र शल्यक्रियाको लागि लामो समय कुर्नुपर्ने समस्यालाई क्रमिक रुपले सहज बनाउँदै लगिएको बताए । 

    images

    एकसय दिनका काम र सुधार प्रयासलाई १९ बुँदामा सार्वजनिक गर्दै मेसु डा. ढकालले दैनिक करिब १ हजार बिरामी आउने अस्पतालमा १२ देखि १५ जना बिरामीले दैनिक रुपमा शल्यक्रिया सेवा लिएको, बिरामीको माग अनुसार १२ बेडको पेइंग वार्डको सेवा सञ्चालन गरेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थानसंग एमडी र एमएस अध्ययन अध्यापनको निम्ति सम्झौता गरिएको लगायतका कामहरु उल्लेख गरेका छन् । 

    यसका साथै अस्पतालमा अत्यावश्यक क्याथ ल्याबको लागि टेण्डर आव्हान गरिएको, एमआरआईको लागि टेण्डर प्रक्रिया अघि बढाइएको, दुर्घटनाका घाइते बिरामीका लागि ट्रमा रूम स्थापना गरिएको र न्यूरो सर्जरी विभागलाई व्यवस्थित गर्दै चार सैयाको न्यूरो एचडीयू सेवा विस्तार गरिएको जस्ता आफ्ना महत्वपूर्ण कामको सुची डा. ढकालले सञ्चारकर्मी सामु प्रस्तुत गरेका छन् ।
    मेसु डा.ढकालका अनुसार एमडीजिपी विशेषज्ञ डाक्टरलाई परिचालन गरी २२ बेडमा सीमित रहेको इमरजेन्सी वार्डमा १३ बेड थप गरी ३५ बेडमा विस्तार गरिएको छ । डा. ढकालका अनुसार बिरामीले आपतकालिन उपचारमा सहज उपलब्धता र गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ सेवा सुरु गरिएको हो ।

    आन्तरिक व्यवस्थापनलाई सुधार गर्दै क्यासलेस डिष्चार्ज काउन्टर, पेपरलेस डिस्चार्ज सिस्टम तथा ईमेरजेन्सी काउन्टरमा पनि पेपरलेस सिस्टम सुरुवात गरेको जनाएका छन् ।

    कोभिड महामारीको सरल र सहज व्यवस्थापन हेतु कोभिड सम्बन्धि उपचार सम्पूर्ण रुपमा एउटै छाना मुनि हुने व्यवस्था गरी कोभिड ईमरजेन्सी सेवा विस्तार गरिएको छ भने बिरामीको सहज उपचार, अस्पतालको सरसफाई र संक्रमण घटाउने उद्देश्यका साथ बिरामीका आगन्तुक समय निर्धारणको साथै भिजिटिङ्ग कार्डको पनि सुरुवात गरिएको डा. ढकालले बताएका छन ।

    मृगौला पिडित बिरामीका लागि विगतमा पाँच बेडमा सञ्चालनमा रहेको डायलाइसिस सेवालाई १२ बेड थप गरी १७ बेडमा सेवा विस्तार गरिएको छ भने एचआईभी र हेपटाईटिस सम्बन्धी बिरामीको डायलाइसिसका लागि काठमाडौं धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न २ बेड सेरो पोजिटिभ डायलाइसिस सेवा स्थापना गरिएको छ । कोभिड महामारीमा अक्सिजन व्यवस्थापन सहज गराउनका लागि अक्सिजन प्लान्ट स्थापना गरी पाइपलाइन विस्तार गर्ने काम सकिएको यस्तै दाँत तथा मुख स्वास्थ्यको अतिआवश्यक जाँच सि.बि.आर.टी पनि सञ्चालन गरिएको उनले बताए ।

    लुम्बिनी प्रादेशिक अस्पतालको यो सेवा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक सरकारी अस्पतालमा भएको दावी गर्दै डा. ढकालले न्यूरोलोजी विभाग अन्तर्गतको अति महत्वपूर्ण ई.ई.जी सेवा विस्तार गरिएको जानकारी गराए । अस्पतालका सेवाबारे फेहरिस्त प्रस्तुत गर्दै उनले भने—‘बिरामीको सुबिधा मध्यनजर गर्दै स्त्री रोगको ओपीडी र ईसिजी सेवा व्यवस्थित र सहज ठाउँमा व्यवस्थापन गरिएको छ ।’ 

    अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनु नै आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै डा. ढकालले भने—‘हप्तामा दुई पटक ईन्डोषकोपी हुने सेवा हप्ताको चार पटक हुने व्यबस्था गरिएको छ । एकदिन बिराएर उपलब्ध भइरहेको गर्भवती जाँच र स्त्री रोग जाँचलाई नियमित हरेक दिन हुने व्यवस्था गरिएको छ ।’ 
    ‘विगत लामो समयदेखि रोकिएको विकास समितिको भत्ता र आमा सुरक्षा कार्यक्रम भत्ता वितरण गरी कर्मचारीमा थप उर्जा र लगनशिलताको साथ काम गर्ने वातावरण सिर्जना भएको छ ।’ कर्मचारीलाई प्रोत्साहन गर्नु र बिरामीले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्नु आफ्नो मुल उद्देश्य रहेको डा. ढकालको भनाइ छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij