२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

फ्रान्सले लम्पी स्किन रोगको प्रकोपबीच गाईवस्तु ढुवानी प्रतिवन्ध लगायो

मंगलवार , आश्विन ७, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • काठमाडौं, ७ असोज । फ्रान्सको रोन क्षेत्रमा लम्पी स्किन रोगको प्रकोप पत्ता लागेपछि अधिकारीहरूले गाईवस्तु ढुवानीमा प्रतिवन्ध गलाएका छन् । प्रतिवन्धका लागि ५० किलोमिटर प्रतिवन्ध क्षेत्र स्थापना गरिएको छ ।

    फ्रान्सले पहिलो पटक जुन २९ मा सावोईमा एलएसडी पत्ता लगाएको थियो । यो भाइरल रोग गाईवस्तुको लागि सम्भावित रूपमा घातक छ । संक्रमित फार्महरूमा ठूलो उत्पादन क्षतिसँग जोडिएको छ । किसानले जनावरहरू नसार्ने कुरा सुनिश्चित गर्न प्रहरी तैनाथ गरिएको छ । यो उपाय रोगको थप फैलावट रोक्नको लागि हो । 

    जुलाई १८ मा खोप अभियान शुरु गरिएको थियो । पशु चिकित्सक र किसानहरूको सहयोगमा अझै पनि जारी छ ।