२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

टर्कीको कालो सागर क्षेत्रमा बाढीको वितण्डा

मंगलवार , आश्विन ७, २०८२

  • 313
    Shares
  • 313
    Shares
  • काठमाडौं, ७ असोज । टर्कीएको उत्तरी कालो सागर क्षेत्रमा सोमवार ठूलो बाढीमा फसेका १७ जनालाई सैन्य हेलिकप्टरबाट उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

    भारी वर्षाले यस क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । शनिवारदेखि बाढीका कारण पहिरो र डुबान भएको छ । जसले राइज, गिरेसुन, आर्टभिन र ट्राब्जोन प्रान्तहरूमा सडक र पुलहरू भत्काएको छ ।

    जसले गर्दा धेरै बासिन्दाहरू अलपत्र परेका छन् र ठूलो मात्रामा उद्धार कार्यहरू शुरु भएका छन् । राष्ट्रिय रक्षा मन्त्रालयले घोषणा गरेको छ कि ल्याण्ड फोर्स कमाण्डबाट दुई हेलिकप्टर र एयर फोर्स कमाण्डबाट एक हेलिकप्टर राइज पठाइएको छ ।

    सबै १७ बासिन्दाहरूलाई सफलतापूर्वक बाहिर निकालिएको जनाएको छ । अधिकारीहरूले बाढी पछि राइजको उच्च भूभागका पठारहरूमा पहुँच अब हेलिकप्टरद्वारा कायम राखिएको बताएका छन् ।

    यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले राइजलाई आपतकालीन कोषमा १ करोड ४० लाख लिरा (लगभग ३३८,००० अमेरिकी डलर) छुट्याइएको बताउनु भयो ।

    उहाँले ५६७ मेसिनरी र उपकरणहरूद्वारा समर्थित १ हजार ४ सय २८ कर्मचारीहरू प्रतिक्रिया र पुनःप्राप्ति प्रयासमा संलग्न रहेको पनि बताउनु भयो ।