२०८३, कार्तिक २८ गते

Nov 14 2026 | २०८३, कार्तिक २८ गते

सरकार रहस्यमय ढंगले चलेको छ : पूर्ण बस्नेत

शनिवार , कार्तिक २८, २०८३

  • 154
    Shares
  • 154
    Shares
  • काठमाडौं, २८ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार रहस्यमय ढंगले चलेको टिप्पणी गर्नुभएको छ । सरकारका कामकारवाही, निर्णय प्रक्रिया र नीतिगत प्राथमिकतामाथि प्रश्न उठाउँदै बस्नेतले सरकार कुन दिशामा अघि बढिरहेको छ भन्ने विषयमा अन्योल देखिएको टिप्पणी गर्नुभएको हो ।

    बस्नेतले भन्नुभयो–‘सरकारले महत्वपूर्ण निर्णय कसरी गर्छ, कसको सुझाव र परामर्शमा गर्छ तथा निर्णयका आधार के हुन् भन्ने कुरा प्रष्ट छैन । सरकार संसद र जनताप्रति जवाफदेही पनि देखिदैन । सरकारसँग पाँच वर्षको म्याण्डेट त छ तर, स्पष्ट योजना र लक्ष्य छैन ।’

    सत्तारुढ दल र तिनका नेता तथा सांसदहरुले समेत सरकारको कार्यशैली, निर्णय प्रक्रिया र नीतिगत प्राथमिकतामाथि प्रश्न उठाउन थालेपछि जनतामा सरकारप्रतिको विश्वास, निर्णय प्रक्रियाको पारदर्शिता र राजनीतिक स्थिरताबारे स्वभाविक संशय पैदा हुने उहाँको भनाइ छ ।

    विगतमा आफैले गरेका प्रतिबद्धताहरुको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै कामको परिणामबाट जनतालाई विश्वस्त पार्नुपर्ने सरकारले प्रचारबाट जनतालाई आश्वस्त पार्न लागिपरेको उहाँको धारणा छ । कामकारवाही जनताका अपेक्षाविपरीत र अभिव्यक्ति राष्ट्रहित प्रतिकूल भइरहनुले पनि सरकारप्रति आशंका बढाएको बस्नेतले बताउनुभयो ।