
मंगलवार , आश्विन ७, २०८२
भैरहवा, ७ असोज । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ ले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । त्यस्तै सेवा केन्द्रले विजया दशमी, दीपावली तथा छठ पर्व–२०८२ को अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
स्थानीय युवा समाजसेवी जोगेन्द्र गुप्ता दम्पत्तीको प्रमुख आतिथ्यता तथा उद्योगी राजीव बेरिवालको विशिष्ट आतिथ्यतामा सिद्धार्थनगर–६ दुर्गाकलोनीस्थित दुर्गा मन्दिरमा १०८ दीप प्रज्वलन गरिएको केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकारद्वय सचिन रोक्का चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को अध्यक्षमा र मधुसुदन अर्याल उद्योग उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा सम्मान गरिएको थियो ।
श्री दुर्गा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानेको स्वागत तथा सचिव रश्मि कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij