
मंगलवार , आश्विन ७, २०८२
काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।
मंगलवार बिहान ९ बजेदेखि पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक शुरु भएको हो ।
बैठकको शुरुवातमा जेन—जी आन्दोलनमा ज्यान गुमाउने शहीदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको शुरुवात भएको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भयो ।
बैठकमा समसामयिक अवस्था र बैठकबारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रश्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रिय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा, पार्टीको महाधिवेशन सम्बन्धमा छलफल हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij