२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सम्मरीमाईमा नमुनाले गर्‍यो बाल क्लबसंग गोष्ठी

बुधवार , श्रावण ७, २०७७


भैरहवा, ७ साउन ।
नमुना एकीकृत विकास परिषद रुपन्देहीको आयोजना, युनिसेफको सहयोग तथा सम्मरीमाई गाउँपालिकाको समन्वयमा कोभिड–१९ बाढीपूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत बाल क्लबका लागि कोभिड–१९, बाढी पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि दुईदिने गोष्ठी सम्पन्न भएको छ ।

नमुनाका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका विपद् तथा महिला तथा बालबालिका शाखा प्रमुख कमल अर्याल, वडा नम्बर १ देखि ७ का बालबालिका गरी ३३ जनाको उपस्थिति रहेका थियो । दुईदिने गोष्ठीमा नमुना एकीकृत विकास परिषदका सामाजिक परिचालक रामकेवल यादवले सहजीकरण गरेका थिए । उक्त गोष्ठिमा कोभिड–१९ बाट कसरी सुरक्षित हुने एवं विपद, प्रकोप, संकटासन्नता, पुर्व सुचना प्रणालीका बारेमा बालबालिकाहरुलाई प्रशिक्षित गरिएको थियो । विपद् आउनुपूर्व बालबालिकाले के गर्ने, विपद् आइसकेपछिको भुमिका कस्तो हुने भन्ने बारेमा पनि बताइएको थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश कार्यक्रम संयोजक अमृता अधिकारीले गरेकी थिइन भने कार्यक्रम अधिकृत राजेश जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका बिपद शाखाका प्रमुख अधिकृत कमल अर्यालले विपद्को बारेमा अहिलेको अवस्थामा जानकारीहरु संचारमाध्यममा आउने भएकोले घर परिवारलाई यसका बारेमा जानकारी गराएर सुरक्षित हुन सकिने भन्दै सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने धारणा राखेका थिए ।

नमुनाका अध्यक्ष ज्ञानु पौड्यालले बालबालिकाहरुद्धारा विद्यालय, वडा कार्यालय, गाउँपालिकामा संजालमार्फत विपद् पुर्वतयारी र प्रतिकार्य योजनाका बारेमा समय-समयमा सरोकारवाला निकायमा जाने र दिर्घकालिन रुपमा यसको समाधान गर्नुपर्ने धारणा राखेकी थिइन् ।