मंगलवार , मंसिर १४, २०७८
बुटवल, १४ मंसिर ।
लुम्बिनी प्रदेशमा एमआईले आफ्नो पहिलो शोरुम शुभारम्भ गरेको छ । बुटवल बिपी चोकस्थित अग्रहरी कम्प्लेक्समा धनगढीपछि दोस्रो शोरुम श्री बिनायक ईलेक्ट्रोनिक्सले बुटवलमा शोरुम खोलेको हो ।
एक समारोहकाबीच टेलि डाईरेक्टरको सिईओ संजय अग्रवालले शोरुममा रिबन र केक काटेर सुभारम्भ गरेका छन । कार्यक्रममा एमआई नेपालको कन्ट्रि म्यानेजर सौरभ पठारी, टेलि डाईरेक्टका जिएम दिपक श्रेष्ठ, टेलि डाईरेक्टका रिजनल सेल्स म्यानेजर विष्णु मरासिनी, आर एस मोबाईलका सञ्चालक रिन्कु लिगलले शुभकामना दिए ।
श्री विनायक ईलेक्ट्रोनिक्सले बुटवलमा एमआईको शोरुम व्यवस्थापन गरेको हो । शोरुममा ७० लाख लगानी भएको सञ्चालक आशिष कुमार श्रेष्ठले बताए । नेपालकै नम्बर १ छियोमी ब्राण्डको शोरुममा नेपालमा भित्रिएका एम आई ब्राण्डका उत्पादनहरु शोरुममा उपलब्ध हुनेछन् । मोबाइलसंगै होम प्रडक्टहरु टिभि, साउण्ड बार, राउटर, सोप डिस्पेन्सर, वाच लगायतका ब्रान्ड पाइने उनले बताए । एमआई बाण्डको नेपालमा लकडाउनपछि बजार राम्रो भएको छ । विक्रीका हिसाबले नेपालमा टप टेनमा पर्छ । काठमाडौमा ४ वटा शोरुम रहेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij