
सोमवार , मंसिर १३, २०७८
भैरहवा, १३ मंसिर ।
नेपाल क्षयरोग निवारण संस्था रुपन्देही जिल्ला शाखा (नाटा) को आयोजनामा क्षयरोगसम्बन्धी अभिमुखिकरण कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ । ‘अब समयको गति, क्षयरोगबाट नहोस् क्षति’ भन्ने नाराका साथ ६८ औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
भैरहवास्थित बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृहमा रहेका ८० जना बालबालिकाहरुको सहभागिता रहेको नेपाल क्षयरोग निवारण संस्थाका संयोजक अर्जुन पौडेलले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय उपाध्यक्ष अरुण प्रताप राणाले अभिमुखिकरण कार्यक्रमले बालबालिकाहरुलाई क्षयरोग कार्यक्रमको बारेमा जानकारी गराउन सहयोग पुग्ने बताए ।
विशिष्ट अतिथि बाल सुधार गृहका प्रमुख सुभद्रा गौतम, अतिथि बाल सुधार गृहका सुरक्षा प्रमुख गोविन्द चौधरीले बाल सुधार गृहमा कार्यक्रम आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरिन् ।
नेपाल क्षयरोग निवारण संस्था रुपन्देही जिल्ला शाखाका सभापति महेशचन्द्र थापाको सभापतित्व तथा सचिव भोजराज बस्यालको सञ्चालनमा सम्पन्न अभिमुखिकरण कार्यक्रमको सहजीकरण प्राध्यापक बसन्तमणि पोखरेलले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij