२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

नाडामा ध्रुव थापा टिमको उम्मेदवारी

आइतवार , मंसिर १२, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, १२ मंसिर ।
    नाडा अटोमोबाईल्स ईसोसियसन अफ नेपालको साधारणसभामा अध्यक्ष पदका उम्मेदवार ध्रुव थापाको टिमले आइतबार बुटवलमा उम्मेदवारी घोषणा गरेको छ । जसको सदस्यमा यमुना श्रेष्ठ, आकाश गोल्छा, अमरज्योती रंजित, बीएन पाठक, दिपक कुमार अग्रवाल, दिपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायण पि पौडेल (राजन), नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्दि कार्की सगुन बिएस कंसाकार, संजय कुमार खेतान, शुभासिस थपलियासहितको १७ सदस्यीय टिमको घोषणा गरेका हुन् । 

    यही मंसिर २२ र २३ गते काठमाडौंमा हुन गइरहेको अधिवेशनमा अध्यक्षका उम्मेदवार करण चौधरीविरुद्ध थापाले उम्मेदवारी दिएका हुन् । नाडालाई कर्पोरेट घरानाको पहुँच वा सिण्डिकेट हटाउन चाहेको बताए । दुई कार्यकाल उपाध्यक्ष र सदस्य पदमा रहेर योगदान दिएको स्मरण गर्दै आम उद्योगी व्यवसायीहरुलाई हकहितमा योगदान दिने गरी उम्मेदवारी दिएको उनले बताए । संस्थामा साधारण र मध्येमस्तरका सदस्य बढी रहेको भए पनि केवल ५ प्रतिशत मात्र सदस्य रहेका कर्पोरेट हाउसको दबदबा नेतृत्वमा हुने गरेको भन्दै यो हटाउने बताए । आम व्यवसायी जो ९० प्रतिशत व्यवसायीहरु छन्, उनीहरुको हकहितमा तथा ६५ प्रतिशत मोफसलका सदस्यहरु संस्थामा रहेकाहरुको हकहितमा लागेकाले पनि जित सुनिश्चित रहेको दावी गरे । इतिहासमै पहिलोपटक महिलासहित समावेशी टिम भएको उनले बताए । संस्थामा निरन्तर २१ वर्षदेखि योगदान दिएको भन्दै उनले पटकपटक मिलेर जाने नाममा ठुला घराना हावी भएको आरोप लगाए । अहिले पनि आफू मिलेर जाने पक्षमा रहेको र पहल भइरहेको बताए । ‘अन्तिम निर्णय निर्वाचनबाट हुनेछ, ’उनले भने । 

    योगदान र उमेरका हिसाबले पनि अहिले अध्यक्षको बलियो दाबेदार भएको भन्दै उनले वर्तमान अध्यक्ष कृष्ण दुलाल एउटा पक्षलाई बोकेर हिड्दा ठूलो समस्या आएको गुनासो गरे । सरकारको नीति स्थायी प्रकारका नहुनु व्यवसायीहरुलाई सबैभन्दा ठूलो समस्या आइलागेको भएको भन्दै उनले एउटा लक्ष्य लिएर सामान भित्र्याइरहेको बेला सरकार वा कर्मचारी हट्दा नीति परिवर्तन हुने जस्ता ठूलो समस्या रहेको बताए ।

    संस्थामा सबै खाले स्पेयरपार्टस, टु वा फोर ह्विलर विक्रीवितरण गर्ने व्यवसायीहरु आबद्ध रहेका छन् । नेपालमै अटोमोबाईलका उत्पादनमुखी उद्योगीहरुलाई प्रोत्साहन गर्ने नीति बनाउन प्रक्रियागत रुपमा समेत अघि बढ्ने उनले बताए । देशभरमा ३ हजार १ सय ९० जना सदस्यहरु छन् ।