२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नवलपरासीमा धुमधामका साथ मनाईयो १४९६ औँ मोहम्मद ज्यन्ती

मंगलवार , कार्तिक २, २०७८

परासी, २ कार्तिक । पश्चिम नवलपरासीमा पनि मोहम्मद जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । आज विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९६ औँ जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला नवलपरासीका मुस्लिमहरुले पनि उक्त ज्यन्ती धुमधामका साथ मनाएका हुन् ।

राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा पनि एक भव्य जुलुस निकाली मोहम्मद ज्यन्ती मनाएका मनाइएको हो । जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स–साना जुलुसहरु रामग्राम १२ शान्तीचौरमा एकट्टा भई एक भव्य जुलुसको सकल दिइएको थियो ।

शान्तीचौरबाट निकालिएको उक्त भव्य मोहम्मदी जुलुस बाईपास, जिल्ला प्रशासन कार्यालय हुदै बुद्धचोक स्थित एक सभामा परिणत भएको थियो । जुलुसमा हजार बढि मुस्लिमहरुको सहभागिता रहेको थियो । जुलुसमा सहभागीहरु, रंगिचंगी ब्यानर, ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी ईस्लामि पोसाकमा सजिएका थिए । जुलुसका सहभागीहरु ईस्लामि तथा राष्ट्रिय नाराहरु लगाई परासी बजारको परिक्रमा गरेका थिए ।

ईस्लाम धर्मका परवर्तक पैगम्बरे आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश र अमनचयनका सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद ज्यन्ती मनाउदै आएका छन् ।  बर्षेनी अरबी हिजरीकोे छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद ज्यन्ति मनाउदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष एवं जुलुसका संयोजक मौलाना सैयद गुलाम हुसैन मिंयाले बताए ।

पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको मुस्लिम नेता हैदर अलि मोमिनले जानकारी दिए ।

विश्वभरि संग मंगलबार नवलपरासीको पनि ४० बढि गाउँहरुमा विहान स–साना मोहम्मदी जुलुस निकाली गाउँभरि परिक्रमा गर्दै मोहम्मद ज्यन्ति मनाइएको हो । मोहम्मद ज्यन्तीको शुभ अवसर पारी विभिन्न गाउँहरुमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरानय पढने, दानपुन गर्ने, सामाजि सदभाव कायम गर्ने मिठो मिठो पक्वान पकाई साथीभाईहरुलाई खुवाउने र शान्ती तथा ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने मौलाना सिद्दिक मिस्बाहीले जानकारी दिऐ । यो ज्यन्ती मनाउन, जश्ने मिलादुन्नबीका ज्लुस निकाल्ने, मिलादी तथा कुरान खानी जस्ता कार्यक्रमहरु गर्न सकिने छ ।

जुलुस कार्यक्रममा संविधानसभा सदस्य हाजी अलाउद्दिन अंसारी, मुस्लिम जिल्ला नेता हैदर अलि मोमिन, अमिरुल्लाह मिँया, बुद्धन अलि, ईजहार मिँया, अलिहुसैन धुनिया, समाजसेवी हाजी ईस्हाक मिँया, हाजी सैयद ईजहार मिँया, विभिन्न मदरसाका अध्यक्ष एवं प्रअ र विद्यार्थी तथा मुस्लिमहरुको सहभागिता रहेको थियो ।