images

बिहिवार, बैशाख १३ गते २०८१

भैरहवामा मनाइयो १४९६ औं मोहम्मद जयन्ती (फोटो फिचर)

भैरहवामा मनाइयो १४९६ औं मोहम्मद जयन्ती (फोटो फिचर)

images
images
images
मंगलवार, कार्तिक २ २०७८
मंगलवार, कार्तिक २ २०७८
  • भैरहवामा मनाइयो १४९६ औं  मोहम्मद जयन्ती (फोटो फिचर)

    भैरहवा, २ कात्तिक । 
    इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्लाहो अलैही वसल्लमको १४९६ औं जन्मदिन (मोहम्मद जयन्ती) मंगलबार भैरहवामा धुमधामसंग मनाइएको छ । मोहम्मद जयन्ती भव्य र्यालीसहित विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

    images

    भैरहवा तथा यस आसपासका क्षेत्रमा रहेका मस्जिद, मदरसा, धार्मिक संघ–संस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा मिलनचोक, बुद्धचोक, गल्लामण्डीबाट निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।  स्थानीय अब्दुल जब्बारले मोहम्मदले मेलमिलापको सन्देश फैलाएको बताए । सबै मिलेर एक हुनुपर्ने, धर्मको नाममा भेदभाव गर्न नहुने उनले बताए ।

    IMG_6736.JPG

    हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हुँदा यस दिन विश्वभरका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाउने गर्दछन् । जन्मदिनको खुशीयालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

    मोहम्मद जयन्तीको अवसर पारेर मायादेवी च्यारिटेबल फाउण्डेशन सिद्धार्थनगर, रुपन्देहीले भैरहवास्थित मिलनचोकमा निःशुल्क पानी बिस्कुट वितरण गरेको छ । र्यालीमा सहभागिहरुलाई पानी विस्कुट वितरण गरिएको फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताए । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक विदा दिएको छ ।

    IMG_6679.JPG

    IMG_6687.JPG

    IMG_6670.JPG

    IMG_6752.JPGIMG_6691.JPGIMG_6733.JPGIMG_6728.JPGIMG_6743.JPGIMG20211019111242.jpgIMG_6751.JPGIMG_6734.JPG

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij