
बुधवार , आश्विन १४, २०७७
भैरहवा, १४ असोज ।
रुपन्देहीमा बुधबार थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १२ महिला र ३५ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकामा १८, सिद्धार्थनगर नगरपालिकामा ८, तिलोत्तमामा १३, देवदहमा २, सैनामैनामा ३, सियारीमा १ र शुद्धोधन गाउँपालिकामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ६ सय ११ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
जिल्लामा हालसम्म १ हजार ९ सय ३२ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ६ सय ५५ जना उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij