२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

स्वास्थ्य तथा सम्पदा प्रबद्र्धनको लागि साइकल यात्रा हुँदै

बुधवार , आश्विन १४, २०७७

भैरहवा, १४ असोज । 
जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा साइकल यात्रा हुने भएको छ । स्वास्थ्य तथा सम्पदा प्रबद्र्धनको लागि साइकल यात्रा भन्ने नाराका साथ यही असोज १७ गते शनिबार साइकल यात्राको आयोजना गरिएको आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका छन् ।

शनिबार बिहान साढे ५ बजे भैरहवाको बुद्धचोकबाट सुरु हुने साइकल यात्रा रामग्राम स्तुपा हुँदै त्रिवेणी मोध दिव्य धाममा पुगेर समापन हुने जेसीआई, सिद्धार्थ नेपालका अध्यक्ष मंगल भण्डारीले बताए । ‘रामग्राप स्तुपामा १५ मिनेटको कार्यक्रम छ, त्यहाँ रामग्राम नगरपालिका र स्थानीयले हाम्रो टोलीलाई स्वागत गनुहुजेछ, त्यसपश्चात विनयी त्रिवेणी गाउँपालिकाले त्रिवेणी गजेन्द्र दिव्य धाममा टोलीको स्वागत गर्नेछ, भण्डारीले भने ।’ 

कोभिड–१९ का कारण मानिस मानसिक तनावमा रहेको कुरालाई मध्यनजर गर्दै स्वास्थ्यको दृष्टिकोणले पनि साइकल यात्रा राम्रो रहेकोले कार्यक्रमको आयोजना गरिएको उनले बताए । त्रिवेणी मोध दिव्य धाम आफैमा ऐतिहासिक मन्दिर रहेकोले सम्पदाको प्रबद्र्धनमा पनि यो कार्यक्रमले टेवा पु¥याउने भण्डारीको भनाइ छ । कार्यक्रमको समापन पश्चात साइकलमा फर्कन ग्राहो हुने साइकलयात्रीको लागि गाडीको व्यवस्था समेत गरिने उनले जानकारी दिए । यात्राको क्रममा सडकमा लियो क्लब अफ सिद्धार्थनगरले पानीको व्यवस्था गर्ने भण्डारीले बताए । कार्यक्रममा एक सय बढी साइकल यात्रीको सहभागिता रहने उनले बताए ।

साइकल यात्रा कार्यक्रमको विश्व साइकल यात्री पुष्कर शाहले उद्घाटन गर्ने जेसीआई सिद्धार्थले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले नयाँ सडक बन्ने क्रममा रहेकोले साइकल र पैदलयात्रुको सुरक्षाको लागि अब सडकमा साइकल लेन र पैदल हिंडने लेनको आवश्यकता रहेकोमा जोड दिए । उनले दुर्घटनालाई न्यूनीकरण गर्न पनि साइकल लेनको आवश्यकता रहेको बताए ।

जेसीआई सिद्धार्थ नेपालका आइटी चेयरम्यान तथा साइकल यात्रा कार्यक्रम संयोजक सागर पोखरेलको स्वागत, कोषाध्यक्ष दिपक सापकोटाको आस्था पाठ तथा महासचिव दिपक काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष सुमन शर्मा, जेसीआई सिद्धार्थ लेडी नेपालकी निवर्तमान अध्यक्ष पार्वती पौडेल, रुपन्देही जिल्ला साइक्लिङ संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधर, लगायतले बोलेका थिए ।