
मंगलवार , आश्विन १३, २०७७
भैरहवा, १३ असोज ।
रुपन्देहीमा मंगलबार थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा २० महिला र ४८ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकामा ४५, सिद्धार्थनगर नगरपालिकामा १०, तिलोत्तमा ७, देवदहमा १, लुम्बिनी सांस्कृतिकमा १, सैनामैनामा नगरपालिकामा २ र शुद्धोधन गाउँपालिकामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ५ सय ६४ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
जिल्लामा हालसम्म १ हजार ९ सय ४ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ६ सय ३७ जना उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij