
सोमवार , आश्विन १२, २०७७
भैरहवा, १२ असोज ।
रुपन्देहीमा सोमबार थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १० महिला र ३२ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकामा २३, सिद्धार्थनगर नगरपालिकामा १२, तिलोत्तमा ३, सियारी गाउँपालिकामा २, देवदह र सैनामैना नगरपालिकामा १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ४ सय ९६ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
जिल्लामा हालसम्म १ हजार ८ सय ४१ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ६ सय ३४ जना उपचाररत छन् । त्यस्तै जिल्लामा हालसम्म २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij