२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

रुपन्देहीमा आइतबार ४२ जना कोरोना संक्रमित थपिए

आइतवार , आश्विन ११, २०७७

भैरहवा, ११ असोज ।
रुपन्देहीमा आइतबार थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १७ महिला र २५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकामा २४, सिद्धार्थनगर नगरपालिकामा ५, तिलोत्तमा ६, देवदहमा १, सैनामैनामा ३ , ओमसतिया गाउँपालिकामा १, कञ्चनमा १ र मायादेवी गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ४ सय ५४ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । 

जिल्लामा हालसम्म १ हजार ७ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ६ सय ७० जना उपचाररत छन् । त्यस्तै जिल्लामा हालसम्म २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।